देश या विदेश !

मौसमी ढुङ्गाना
क्यानडा

जीवन यस्तो होला,
सोचेकै थिएनँ !
आफ्नू देश छोडी आउँछु,
कल्पनै थिएन।

धेरै पाइला हिडेँ,
तर, फर्किनै सकिएन।
चाडबाड, धर्म संस्कार,
बिर्सिनै सकिएन।

हरियो त्यो सुन्दर वन,
यहाँ कहाँ भेटौँला ?
फर्की आफ्नै देश,
वहाँ सागर पानी भेटौँला।

कहाँ बिर्सिनु त्यो धर्तीको सुन्दर परिवेश,
जीवन यस्तो छ यहाँ,
बद्लिरहन्छन् आफ्नै भेष।

विदेशमा छु, तर, विदेशी हुइनँ म,
जन्मेको आमाको कोखबाट,
नेपाली पन र मनकी छोरी हुँ म।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *