दोभानमा

शेखर कोईराला
पेन्सिल्भिन्या, अमेरिका

(लोकगीत)

मादलुको घिन्ताङ घिन्ताङ
कहाँ बज्यो माउखोला दोभानमा
माया लाइदेऊ दुईदिने जोबनमा
लै लै…………………….
बाँसुरीको तिरीमा तिरी
कहाँ बज्यो सुनकोस दोभानमा
(माया लाइदेऊ दुईदिने जोबनमा)२
लै लै……………………

गैरीखेतको रोपाईँ गर्दा बिउ सँगै रोपेको मायालाई
आली काट्दा बाउसेसँगै कुलेसोमा छोपेको मायालाई
ढाकरमा हजार गन्दै बोकेको नि सम्झना आलै छ
मुटुभरि सम्झना छ (बास थियो छोकाना दोभानमा)२
लै लै ………………….

गोसीबजार उकालो जाँदा देउरालीमा भाकेको तिमीले
बरपीपलको फेदीमा बसी पछ्यौरीले ढाकेको तिमीले
लामीडाँडा मानेभन्ज्याङ डुलेको नि सम्झना आलै छ
आँखाभरि झल्झली छ (तस्विर तिम्रो चाँचेको दोभानमा)२
लै लै………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *