नयाँ नम्बर

कथाकार
कथाकार

दिपक थापा
केन्टकी, अमेरिका  

छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली बाटा घाटासँग चिर परिचित हुँदा अब यो भिडमा हराउँदिन भन्ने दृढविश्वास हुन थालेको छ ।
सिम सिम परेको पानीले शरिर नै अल्छी महसुस गराइदिन्छ।
बिदाको दिन सोफामा डल्किएर कमेडी सिरेलभित्र भुलिन मन हुँदा रिमोटहरु खोज्न थाल्छु।
एक्कासि बाडुली लाग्छ हिक्क हिक्क एकोहोरो रूपले।
“अलिकति पानी पिउनुहोस्न सब ठिक भै हाल्छ नि ” श्रीमतीको मलिन स्वरमा प्यासको कता कता अनुभूति पनि पाउँछु म अनि दौडाउँछु आफूलाई फ्रिज तर्फ।
पानीको गिलास टेबलमा राख्न नपाउँदै फोन बज्न थाल्छ चर्किएर फुट्ने गरी।
“कसको फोन आयो जानुहोस् न।”
तरकारी ओइरिदै गरेकी मेरी अर्धाङ्गिनी मेरो थकानको महसुस बिनै हतार लगाउछिन्।
“हेलो…हेलो”
घोक्रो सुक्ने गरी कराइरहेँ प्रतिउत्तरको आशामा नयाँ नम्बर कहाँको हो अडकल काट्दै।
“कसको फोन रैछ त?”
उसको चासोमा मुख खोलें।
“खै कसको हो २- ४ चोटि हेलो हेलो भनेँ, मरिकाटे कोही पनि बोल्दैन।”
“कल व्याक गर्नुहोस् न अनि”
उसको आग्रहमा थपिदिएँ सहजै,”आ इम्पोटेन्ट नै हो भने भोइसमेल छोडिहल्छन् नयाँ नम्बर एड होला”
मेरो बोली सुनेर मुसुमुसु हाँस्न थाल्छिन्। म भने सोचिरहेँ बूढापाकाको भनाइ “कसैले सम्झिदा मात्रै बाडुली लाग्छ।”

कसैले ढोका ढकढक्याएको आवाजमा भित्रबाटै कराएँ, “को हो ?”
“म” बाहिरबाट नौलो आवाज आयो।
दैलाको एक कुनाबाट चियाइहेरेँ … म तिर पिट्यु फर्काएर बसेको उ सायद मेलै न चिनोस् भनेरै होला, ढोकाको चुकुल समाएर कौतुहलता भित्र अलमलिरहेँ म।
“उघार्नु न .. किन के भयो ?”
श्रीमतीको चासोमा अनकनाउदै ढोका उघार्दै बोलेँ, “को हो?…”
उसले फिल्मी पारामा टाउको घुमायो।
आँखामा चस्मा, फुङ्ग उडेको कपाल, लिखुरे जिउडाल कता कता फुल्न थालेका दारी अनि परिचितझैँ लाग्ने अनुहार।
दोधारे रथ चढेर मन हजारौँ दिशा दौडन लाग्यो.. दिमाग भरि पुराना यादहरू भरिएर आए ठम्याउनलाई अब केही बाँकी रहेन।आज बाल्यकाल देखिका गफहरू लाइन लगाएर खोजी खोजी रक्सीका ग्लास सँग ठोकाउँदै रित्याईने छ सोच बुनिरहेँ।
“अझै चिनेनस् ?”
उसको बोलीले झस्कायो।
“खबरै नगरी एक्कासि कसरी ?”
“ अनि हजुरले फन उठाउनु पनि त पर्‍यो,“ उ जंगियो।
“कैले गरिस् ?” अनजान भै टोपलें म।
“एड्रेस दिनु पर्छ भनेर होला मुला .. “
“सरी … गल्ती भयो माफ पाउ हजुर “ दुवै हात जोडेर बिन्ती बिसाएँ।
“भित्र पनि आउनु हुन्छ कि बाहिरै उभिइरहने ?”
नेपथ्यबाट आएको श्रीमतीको आवाज भित्र हतारिदै उसलाई भित्र आउन आग्रह गरेँ।
“उ तेरो भाउजू “ मैले अलमल्ल परेर हामी तिर हेरी रहेकी मेरी धर्मपत्नीतिर इसारा गरेँ, “नमस्ते भाउजू “टाढैबाट ढोग्यो उसले
“उ चैँ मेरो बच्चैदेखिको साथी जीवन… जिग्री दोस्त भनौन“
उसको कुममा धाप मारी परिचय गराउँदै गर्दा पाक्न लागेको खानाको भाँडा हेरे किमकर्तव्यविमूड बनेकी मेरी अर्धाङ्गिनीको दयाभन्दा बडी
नयाँ नम्बरको कल पुरानो दोस्तीमा बदलिएर बर्सौँ वाद आफ्नै घरसम्म आउँदा खुसीका आँसुहरू सतह भरिएर आँखाका डिलसम्म टिलपिलाइरहे त्यस बखत।

“अरू के छ ?”
उसले कुरा कोट्यायो
“सुख दु:ख चलेकै छ … बरु तेरो ?”
“ठिकै भन्नु पर्ला .. ए साँच्ची रेखालाई चिन्छस् ?”
कुरा घुमाउँदा केही लुकाएझैँ लाग्यो उसले।
“को रेखा ?”
“यही छ रे …हुन सक्छ विवाह गरेर आएकी “
“तेरो आफन्त ?”
“हैन “
“त्यसो भए एउटी विवाहित महिलाका बारेमा किन सोधिराछस् ?”
कुरा टार्ने निहुँमा खल्तीबाट मोबाइल झिक्दै म तिर पुलुक्क हेर्‍यो।
“वाईफाई चाईयो भन्न सिधै “
मैले उसको भाव पढ्दै भनेँ।
प्रतिउत्तरमा फिस्स हाँस्यो मात्र उ।
“उ क्या “
फेसबुकको प्रोफाइल फोटो मतिर टल्कायो।
सागरको मोतीझैँ चम्केको गोरो अनुहार, चट्ट मिलेका परेली अनि गाजलु आँखा अझ मयुरको प्वाँखझैँ खुलेको केशरासी!
आफ्ना माइतीहरूको लस्करमा मेरो निधार रंग्याइदिने उही बहिनी रेखा। सत्य ओकल्न नचाहँदा श्रीमतीलाई आँखा झिम्क्याए इसारामा अनि फोन उ तर्फ बढाएर प्रश्न गरेँ,  “तिमी चिन्छौ ?”
चकित मुखबाट जवाफ आयो।
“खै ? “
“भैगो छोडी दिनुहोस् “
उसले मेरो अफ्ठयारा पनहरू हल्काउदै बोल्यो।
“हेर्न यार… नयाँ मान्छे हामी यो टाउको लागी … बरु कल गर्न एकपल्ट?”
“धेरै प्रयास गरे … थाकिसके म”
“नम्बर नसही फेसबुक मेसेनंजरमा हान्न कल ?”
“ब्लक भएको छु म सबै तिर ”
मेरो शब्द सँगै खिन्तमा बिग्रेको उसको मुहार पढ्ने कोसिस गरिरहे।

“जाऊँ सोधु”
“कसलाई”
“थाहा छैन … जो भेटिन्छ त्यही “
“तर जाने चाही कहाँ … जो पायो त्यहीलाई सोध्यौ भने पागल भन्लान् हामीलाई “
“भनुन् ..भन्नेहरूको मुख थुन् निस्किन्न। पापी संसार अरूको दुखमा हाँस्न मात्र जानेका छन्। तँ बाट मलाई ठुलो आशा लिएर म आए। Please हेल्प गर्न मलाई “ टिलपीलाएका आँसु नजानीदो पारामा पुछ्दै बोल्यो उ।
उसको बोलीमा दया भन्दा बढ्ता पिडा भरिएर आयो।भान हुन्थयो उसले आफ्नो अमूल्य बस्तु गुमाएको छ।

“म सर्ज गर्छु मेरो फेसबुकबाट … नाम के अरे ?”
कुरा बंग्याएर सोधे
“रेखा “ जुठो हात धुँदै बोल्यो उ
“रेखा के ? “
उ मौन रह्यो
“धेरै छन् त रेखाहरू .. कुन चैँ ? “
फोटोहरू उ तिर देखाए
एक झलकमै आत्तिएर करायो उ
“फस्टकै हो ए्याड गर्न छिटो “
“गर्दै छु पख न “
उनलाई मेसेज गर्दै गर्दा झुल्के घामझैँ आशाका किरणमा आफ्नो अनुहार उज्यालो पार्दै थियो उ।

“हेल्लो”
“म ..तिम्रो दाइ “
“You there ?”
खुलिरहेको मेसेन्जरबाट केही प्रतिउत्तर आएन।
“ मेसेज सिन भयो त ? “
मलिन स्वरमा सोध्यो उसले
“ बिजी होला उ “
बहानामा झटारो हानिदिएँ।
“ सधैँ यसै गर्छे .. तर उ बिना म पल पल तड्पेको छु उसलाई के थाहा .. सबै थोक भएर पनि उ बिना म अधुरो भएको छु। धेरै नलेख तलाई पनि ब्लक हान्छे फेरि”
उसको रुन्चे उनुहारमा म आतिरहेको थिएँ।

“दाइ यो बैनीलाई चिन्नुहुन्छ ?“
हामीले पसल अगाडीका ग्राहाकहरुलाई टाउको कन्याउन थाल्यौ।
“देखेको छैन .. किन र ?”
“हैन त्यतिकै “
“आन्टी अनि तपाईँले ?”
“छैन “
“दिदीले नि कतै देख्नु भएको त छैन ?”
“खोइ मत एक पटक देखेको मान्छे बिर्सी हाल्छु .. देखेको छैन होला”
“खै म पनि हेरौँ “
पसलको दैलाबाट पानको बुजो मुखमा कोचेर एउटा अधबैँसे बोल्यो।
“फोटो यही हो चिन्नु हुन्छ ?”
“यो त रेखा हैन ?” मेरो शब्द टुङ्गीन नपाउँदै करायो त्यो मान्छे।
हाम्रो निसाना सही ठाउँमा लागेको प्रमाणमा जीवनको ओठ मुस्कुराउन सिकी रहेथे।

“के हेरेको ?“
जीवन एक्कासि रिसायो
“तपाईँलाई मैले कतै देखेको छु “
“कहाँ ? म त हिजो मात्र आएको यो सहरमा “
“सायद फोटामा “ सोही मान्छै एक छिन सोचेर अन्कनायो।
“कुन फोटोमा ? कहाँ देख्नु भा र ?”
“रेखाले बोकेकी थि सायद .. तपाईँको नाम ठ्याक्कै संझाना भएन?”
“जीवन “
“हो .. जीवन। तपाईँकै नाम लिएर दुनियाँलाई सोध्दै हिँडी रा देख्छु।“
“कहाँ ?”
“ मेरै सहरमा देख्या … धेरैले भन्थे उसको ब्वाईफ्रेन्डले अर्कै युवती सँग विवाह गर्‍यो रे , ऐले उस्लाई नै खोज्न हिंडराछे सायद तपाईँलाई खोज्दै पुगिहोली फेरी अर्को सहरमा पग्ली भएकी छे बिचरी।“
“आर यु सियोर?“
टाउको समाएर जीवन थ्याच्च भुइमा बस्यो।  लाग्थ्यो जिउने रहर सँगै उ उभिएको संसार भासिँदैछ उसका लागि।

“माया त उधुम नै गर्थिन् तलाई,“ बिस्तारै कुरा खोलेँ।
“मैले उनको खुसीको लागि आफ्नो मुटु अर्पण गरे तर उनको मायाले भरिएको मुटु कता बिलायो बिलायो वास्तविकता थाहै नपाई टाढिइन्  उनी केवल तमासे बनेको छु त्यै मायाले भरिएको मुटुको खोजमा।”
“तिम्रो फोटो हेरेर रात दिन काट्थिन् रे रेखा .. मैले पनि कति तोटी स्वमं आफ्नै आँखाले देखेको थिए आफ्नै आँखालाई म कसरी झुट मानु भन त जीवन ?“
“मायाको चिनोहरु कति साटिए सबै निर्थक भए यार अब त त्यसै उनको चिनोहरुले पनि ऐठन पार्छन् आज भोलि “ ऊ भकानियो
“हो यार तेरो चिनो पाएको क्षण संसारकै खुसी आफ्नो पोल्टामा परेसरि रमाउँथिन्।
सुन न एक दिन उनले मलाई रमाउँदै सोध्या थिइन्। तेरो नामको चिनो देखाएर, “दाजु यो फोटो कस्तो छ ?”
“अहो क्या राम्रो ….अनि त्यो लुगा पनि ” पार्सलको बक्सा भित्रबाट हामीलाई लुकीछिपी च्याइ रहेको रातो सारी देखाउँदै बोलेथे म ।
“मुसुक्क मुस्कुराई “
“अनि तैँले चैँ के पठाइस् ?”
“भन्दिन !”
“भन न अनि के हुन्छ आखिर हामीलाई थाहा छँदै छ तेरो लपन छपन ”
” मेरो मुटु पठाएको छु कुसुमे रुमालमा बेरेर भयो कि अरू पनि भनुँ ?
“लिँडे ढिप्पी नगर न बैनीसँग लाज लाग्दो हो नि बिचारलाई, जे होस् धेरै माया पाएकै छे त ” काकीले नाक फुलाउनु भा थ्यो खुसीमा ।
” छ्या आमा पनि,” लाजले रातो हुँदै बैनीले अनुहार छोपिरही।
वाचा गरेथेँ उ वेला “चोखो उनीहरूको मायामा म कहिले प्रश्न गर्ने छैन। मेरी बहिनी जो सँग हुन खुसी हुन , सपनीझैँ लाग्छ यार मलाई त “
“ख्याल ख्यालैमा बसेको मायाको भर हुन्न रहेछ यार। दुनियाको नजर लाग्दैमा बिलाएर जाने“
मेरो शब्दहरू नरोक्दै टोलाएर फतफतायो उ।

“कसरी चिन्छस् त उसलाई ..”मलाई नियालेर सोध्यो उसले।
“यो सब छोड .. हुन नसकेको ज्वाई“
मेरो जिस्काइमा रुन्चे हाँसो लिएर सोध्यो।
“तलाई चैँ कसैले भनेन तेरो त मुख बोली बैनी रहिछिन् उ ?”
“खै थाहा पाए कि पाइन्न भन्नु ?”
बिहानीको मिठो निन्द्रा भङ्ग गर्दै फोनको घण्टी एकोहोरो रूपले घडीको आलामभन्दा अघि बेजोडले बज्यो त्यो बिहान।
“हेलो” मरो पहिलो शब्द भित्रै अतिएको बोली सुनेँ मैले,”एउटा कुरा थाहा भयो?”शंका को झिल्काले मन पोल्न थाल्यो उ बखत अन्नोन नबर फेरि अप्रिल फर्ट पनि त थिएन त्यो दिन मलाई बेवकुफ बनाउन।
“को, के भयो ” मेरो जिज्ञासु भाव भित्र कोही बोल्यो।
“रेखा पोइल गै नि”
हल्किएको मन थाम्दै मैले थपेथे “राम्रै त भयो नि ? लामो समयसम्म माया प्रेम थियो बिचराहरूको।”
“हैन हैन कुरा अर्कै छ।”
घुमौरो पारामा आएको बोलीभित्र अलमल परिरहेको थिएँ म।
“त्यसपछि ?” बिचमै चासोका साथ सोध्यो उसले।
“त्यसपछि फोन काटियो। बस एउटा शंकाको बिउ मेरो मनमा उम्रेर हाँगा बिगा पलाउँदै थियो।”
“अनि तैँले किन कल ब्याक नगरेको “ जंगिएर सोध्यो उसले।
“त्यो बोलीमा कतै पनि झुट देखिन, सबै कुरा पत्याएँ त्यसैले।
कल ब्याक गरिन न त फेरि फोनकै आसा राखेँ।“
“तलाई झुट लागेको भए चैँ “
कुरा खोतल्दै बोल्यो उ।
“झुट भएको भए पनि म मौन रहन्थे“
“किन? “
“रेखाको खुसी खोसेर म हाँस्न चाहिन, त्यसैले।“
“मेरो खुसी चैँ के खुसी नै हैन ? के मैले चैँ रमाउनै नपाउने ?मलाई त लाग्थ्यो म तेरो हितेसी मित्र हु।“
प्रश्न तेर्सायो उसले।
“त्यसो हैन, रेखाको खुसी, माया अनि जीवन नै तँ होस् भन्ने मलाई थाहा थिएन। उसले रोजेको जीवनसाथी सँगको साथ म किन तोड्थे र ?”
“ठुलो गल्ती गरिस् यार तैँले”
“किन दोष मेरो ? उसले फेरि पनि त कल गर्न सक्थ्यो मलाई?”
“जे होस तैलेचै कल ब्याग गर्नै पर्थ्यो नत्र आज यो दिन आउन्न थप्यो होला सायद “
“मलाई बाध्यताले बाँध्यो यार .. जे हुन्छ भएर छाड्छ। सक्छस् भने मलाई माफ गर ल ?” मैले बिन्ती बिसाएँ।
“थुक्क मेरो भाग्य मरु भने पनि रेखा र मैले एक साथ देखेका सपनाहरूको दया लाग्छ बाँचु भने जिउँदै नरकमा होमिएको छु खै कसको आँखा लाग्यो लाग्यो हाम्रो मायामा,” भित्तातिर फर्केर आँसु पुच्छदै रुन्चे बोल्यो उसले।
“हरेस न खा यार । सब ठिक हुन्छ, “ मेलै सान्त्वना दिँदै भनेँ।
“तर कहिले ?” उ सोचमा डुब्यो।
सन्नाटा छाउँछ निक्कैबेर। झ्यालबाट बाहिरी हेर्छु हावाले सोहोरेर उडाएका पात पतिंगर जीवनको जिन्दगीझैँ जतै अनियन्त्रित उडिरहेछन्।

“अब के गर्छस् ?” प्रतिउत्तरमा ऊ मौन।
“रिसाइस कि क्या हो मसँग ?”
फेरि मौनता!
“जाऊ घुम्न।”
मेरो बिन्तीभित्र एक्कासि टेबलको सानो ब्याग तान्दै बोल्यो उ, “जान्छु म।“
“रात पर्न लाग्यो भोलि गए हुन्न ?” मेरी स्रिपतीले दया देखाएर बिन्ती बिसाइन्।
“हैन भाउजू म जानै पर्छ .. उसलाई खोजेर जे जस्तो हालतमा भए पनि आफ्नो बनाएर छाड्छु। नत्र मेरा सपनाहरूले मलाई नै सराप्ने छन्।“
उसको मायाले जित्यो हामी हार्‍यौ, हामीले फेरि उसको बाटो छेक्न पनि चाहेनौ।

ऊ बाटो लाग्यो। मैले सानो छँदा ऊसँग हारेको बाजीको पैसा बाटो खर्चको बहनामा जबर्जस्ती उसको गोजीमा थमाउदै गर्दा कता कता मन हलुन्गो भएर आयो।

कत्ती धनी थिएछौँ हामी बाल्यकाल छँदा सलाई र मिठाईको खोलकै भए पनि हजार हजारको बिटा राख्ने ठाउँ हुँदैन थियो ।कागचकै भए पनि तीन चारवटा एरोप्लेन अनि काठका दुई तीनवटा गाडीहरू थिए हामीसँग । गुल्चे गरी गरी जितेका गुच्चाहरुको बेचबिखनको कत्रो बिजिनेस थियो हाम्रो ।मैले अझै पनि भुलेको छैन र उसलाई संझाना दिलाउन पनि चाहिन।

“आफ्नो संसार अनि रमाइलो जीवनको खोजना भौतारेएकी बैनी रेखाको खोज गाडीले ठक्कर दिएपछि आफ्नो चोलासँगै अनत्य भयो भन्ने खबर सुन्दा आँसहरु टप्किरहे आज पनि भाइ टीका मलाई खल्लो लाग्छ।
जीवनलाई धेरै मेसेज गरे आजसम्म पनि रिप्लाई आएको छैन।
“सायद उ पनि ब्यास्त छ होला त्यही भएर त मैले उसलाई पटक्कै पनि डिस्टर्ब गर्न चाहिन।
बरु कुनै दिन तपाईँहरूको भेट ऊसँग भै हाल्यो भने उसको ब्याग भित्र लुकेर बसेको उपहार मेरो कान्छी सालीको तस्बिर कस्तो लाग्यो रे नबिर्सी सोधिदिनु होस न है ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *