नयाँ वर्षसँगै छाएको अन्योल
डिल्लीराम रेग्मी
ओहाइयो, अमेरिका
प्रत्येक साँझ यसरी नै
सूर्य बिलाउने गर्छ सधैँ
सूर्यलाई भेट्न जुन भने
प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ
तर सूर्य अल्पिसकेको अवस्थामा
जून रातभर आकाशमा
शून्य अनि शान्त बिसाएर जान्छ।
हो, यो नयाँ वर्षले
यही जुन सरह आफू गले पनि
शान्त अनि एक सुगम
संरचना फैलावोस् विश्वभरि
प्रत्येक मस्तिष्कलाई नयाँ ऊर्जा देओस्
जसले गाँउ सुधार्न सहयोग गर्छ।
तर, अन्योलको कुरा के भने
आफ्नै अाँखीझ्यालबाट नियालेर
हरेक ढुकढुकी गाँसिएको हेर्न चाहने
अोल्झाएका ती नयनहरुका सपना पुरा होलान् त?
अर्धमुर्छित् बनेका ती अाशाहरुलाई
आस्थाको सूर्यले किरण बिछ्याउलान् त?
कि, जूनलाई हरेक साँझ मिल्ने बाचा बाँधी
जून आउनुभन्दा अगावै
सूर्य बिलिन् भएझैँ
हराउँदै गएका पइतालाका छाप
सुम्सुम्याउन मात्र विवश हुने त होइन?
अत्यासलाग्दो विस्फोटको आवाजले
अातेस भएको यो विश्वमा
प्रायजसो सधैँ गुन्जने गर्छ
मृत्युको गीत यहाँ,
डरको सिरक अोड्न बाध्य यो संसार
नयाँ वर्षसँगै लागुहुने सर्तहरू सम्झिएर
आकाशमुनि आफ्नू तकदिरलाई
दस्ताबेजमा सहिछाप हानी बाँच्न बाध्य
कुरुप विश्वलाई अब के पत्यार लाग्ला
पुनःनिर्माण सागुरो गल्लिबाट
फेरी गुराँसकै फूल लिएर अाउला भनी?
शब्द भएर पनि मौनताले बाँधिएको
यस संसारको तिनै शब्दको शिलान्यास नहोस्
वर्षौं वर्ष बिर्सिएका मानिसहरूको
अभिलाशा नदबाइयोस्
हिजोको जस्तै भोलि पनि
विजयोत्सव मनाउन पाउन् सबैले
मृत्युको गीत होइन
सद्भावको भजन गुन्जियोस् विश्वभरि।