नयाँ वर्ष २०२० को मङ्गल कामना
अखण्ड समयलाई हामी खण्ड–खण्डमा विभाजित गर्दछौँ – घण्टा, दिन, हप्ता, महिना र वर्षहरूमा । अखण्डताको निरपेक्षतालाई सायद हाम्रो हृदयले आत्मसात् गर्न सक्दैन, मस्तिष्कले अनुभूत गर्न सक्तैन । समयको सापेक्षताबोधले हामीलाई मापन गर्न सिकाउँछ हाम्रा कार्य, प्राप्ति र प्रतिफलहरू । त्यसो भएर हामीले नामाङ्कन गरिदिएका छौँ वर्षहरूलाई, युगहरूलाई र कालहरूलाई – एक एक फप्ल्याँटाहरुमा । यो त सब उही अखण्ड समयको भोग न हो – भिन्न भिन्न अंशहरूमा । उही समय, परिवेश र परिस्थिति भए पनि हामी फरक फरक तरिकाले अनुभूत गर्दछौँ, चेतना र विवेकको भिन्न कसीले हेर्दछौँ – समयको अगम्य अनुहार भविताको पाइताला टेकेर ।
हामीले सन् २०१९ लाई बिट मारेका छौँ । प्रतीक्षा छ सन् २०२० को । यो नयाँ वर्षको उपलक्ष्यमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा जन समुदायमा नयाँ वर्षको भारी भारी शुभकामना टक्र्याउँदछौँ । नयाँ वर्षले यहाँहरूमा नयाँ उमङ्ग, जोस-जाँगर ल्याओस् र प्रगति पथमा उत्प्रेरित गरिरहोस् ।
फेरि पनि यहाँहरू सबै सबैमा नयाँ वर्षको हार्दिक–हार्दिक शुभकामना ।
सम्पादन समिति
Bhutaneseliterature.com
साहित्य परिषद भूटान