नयाँ सहरमा

कवि
कवि

चरण बजगाईँ
भर्जिनिया, अमेरिका

एउटा हास उठ्दो कुरा सुनाउन मन लाग्यो
सहरको नाटक देखी म लाटोलाई हासो जाग्यो

विदेशी यी गाउचेलीका ब्वाइफ्रेण्ड रे सहर भरी
आमा उनकी पोइला हिडिन बूडेस्कालमा चट्ट परी
बाउ भट्टीमा गफ हाक्दै बोत्तल चारेक तोडे बसी
बौलाए बुढा खबर सुन्दा बिहान रक्सीले छोडे पछि

अधिकार रे सबलाई यहाँ त, नबुझेर भयो अति
बाच्ने आधार लागूपदार्थ बच्चा िवग्रे कति-कति
ल्यापटप काखमा च्याटिंग् हरे, प्रेमी सँग बच्चा-बच्ची
प्रविधिले सक्यो संसार दुरुपयोग भो झट्का मच्ची

कसले जिम्मा लिने कुन्नि बच्चा भयो मिस्कट यस्तो
जुख्रुक कपाल, खैरो छाला पस्पतीको वानर जस्तो
बेहाल भैन चेली हाम्री पहिचान बिग्र्यो सेरो-फेरो
रिसले हैन, ईखले हैन विकृतिको कुरा मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *