निधारमा चामल अडिएन

कवि

नैनसिङ मगर
न्यु योर्क, अमेरिका

बाबाले दशमीको दिन
एघार बजे टिका लगाइदिने बाचा गरे,
तर आमाले बहिष्कार गरिन्
निधारमा चामल अडिएन ।

आमा मगर्नी, बाबा बाहुन,
त्यसैले टिकाको विषयमा घरमा झगडा भैरहयो,
टिका लाउने र नलाउनेमा ।
त्यसैले निधारमा चामल अडिएन ।

अन्तरे काका पास्टर,
मन्तरे काकी विश्वकी छोरी ।
लखन्तरी माइजू दर्जीकी छोरी,
टिका लगाइदिन्छु भने पछि,
म टिकाको दिन तीन बजे
दर्जीनी माइजूको घरमा पुगेँ ।

टिका लगाइदिनै खोज्नु भएको थियो,
बढी आमाको स्वर्गोरोहणको खबर सुनियो,
फेरि, निधारमा चामल अडिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *