नोवेल साहित्य पुरस्कार विजेता महिलाहरु
नोवेल पुरस्कार विश्वको सबभन्दा ठूलो पुरस्कार मानिन्छ । यो पुरस्कार प्रत्येक वर्ष साहित्य , शान्ति, चिकित्सा शास्त्र, भौतिक शास्त्र, रसायन शास्त्र र अर्थशास्त्रका क्षेत्रमा मानवहितका लागि काम गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ । स्विडेनका अल्फ्रेड नोबेलको स्मृतिका लागि स्थापित नोबेलको पुण्यतिथि डिसेम्बर १० मा पुरस्कार प्रदान गरिन्छ । अल्फ्रेडको जन्म २१ अक्टोबर सन् १८३३ मा स्विडेनको स्टकहोममा भएको थियो । रसायनशास्त्रमा रुची राख्ने अल्फ्रेडले नाईट्रोग्लीसरिन नामको विस्फोटक पदार्थको अनुसन्धान गरे । पछि त्यसलाई प्रतिवन्द लगाइयो । उनले डाइनामाइट जस्ता विस्फोटक पदार्थको उत्पादन गरे । २० वटा देशमा ९० वटा विस्फोटक पदार्थ बनाउने उद्योग खोले र अपार सम्पति कमाए । उनका आविष्कारले मानवको हितमाभन्दा वढी विनाशमा भूमिका खेल्यो । उनको १० डिसेम्वर १८९६ मा मृत्यु भएपछि अल्फ्रेडकै इच्छा बमोजिम उनको सारा सम्पति कोषमा जम्मा गरी मानवहितमा काम गर्नेलाई पुरस्कार दिने उद्देश्यले नोवेल फाउण्डेसनको स्थापना गरियो । नोवेल पुरस्कार सन् १९०१ देखि प्रदान गर्न थालिएको हो । यस लेखमा साहित्यमा नोवेल पुरस्कार पाउने महिलाको बारेमा मात्र छोटो चर्चा गरिएको छ ।
सन् १९०१ देखि नोवेल पुरस्कार प्रदान गर्न थालिएपनि १९०८ सम्म पुरुष साहित्यकारले मात्र यो पुरस्कार प्राप्त गरे । सन् १९०९ मा नारी साहित्यकार स्विडेनकी सेल्मा ओटिलिना लोभिसा लागरलोफलाई नोवेल साहित्य पुरस्कार प्रदान गरियो । सेल्मा साहित्यमा नोवेल पुरस्कार पाउने पहिलो नारी साहित्यकारको रुपमा नोवेल एकेडेमीमा नाम दर्ता गराउन सफल भइन । २० नोभेम्बर १८५८ मा स्विडेनको मारबाक्कामा जन्मिएकी सेल्माको सन् १८९१ मा प्रकाशित ‘ द स्टोरी अफ गोस्टा बर्लि¨ ’ उपन्यास उनको पहिलो कृति हो । प्रध्यापन पेशा त्यागेर पूर्ण रुपमा साहित्य लेखनमा लागेकी सेल्माका अन्य प्रकाशित कृतिहरुमा ‘ द मिराकल अफ एन्टिक्रिष्ट (१९९७)’, ‘ जेरुसेलम ’(दुई सण्ड १९०२), ‘द वन्डरफूल एडभेन्चर अफ नील्स’(१९०७), ‘दि एम्पेरर अफ पोर्तुगल’(१९१०), ‘द जेनरल रिङ्ग’(१९२५), ‘एन्ना स्वेर्ड’(१९२८), ‘मेमरिज अफ माई चाइल्डहुड’(१९३०), ‘द डायरी अफ सेल्मा लागरलोफ’(१९३२) र ‘हार्भेन्ट’(१९३२) रहेका छन् ।
सन् १९२६ को नोवेल साहित्य पुरस्कार ‘आदर्शोन्मुख अन्र्तप्रेरणाले भरिएका आफ्नो मातृभूमि र सम्पूर्ण मानवीय समस्याको चित्र अत्यन्त गहिराई र सहानुभूतिपूर्वक आफ्ना रचनामा उतारेको हुनाले’ इटालीकी ग्राजिया देलेछालाई प्रदान गरियो । उनले नोवेल पुरस्कार ग्रहण गर्न जाँदा मात्र विदेश भ्रमण गरिन् । २१ वर्षको उमेरमा नै उनले सन् १८९२ मा ‘फियोर डी सार्डएग्ना’ उपन्यास प्रकाशन गरिन् । सन् १९०० मा ‘दि ओल्ड अफ माउण्टेन’ उपन्यास प्रकाशित भयो । जसका कारण ग्राजिया विश्व प्रसिद्ध भईन् । उनका कविता, उपन्यास, कथा र आत्मसंस्मरण गरी ४८ वटा कृति प्रकाशित छन् । सन् १८७१ मा इटालीको सार्डिनियामा जन्मिएकी ग्राजिया देलेद्दाको मृत्यु १५ अगष्ट १९३६ मा रोममा भयो ।
डेनमार्कको कालन्डर्वोगमा २० मे १८८२ मा जन्मिएकी सिग्रिह उन्डसेतले सन् १९२८ को नोवेल साहित्य पुरस्कार हात पार्न सफल भईन् । इतिहासको गहिरो अध्ययन गरेकी सिग्रिडको साहित्यप्रति पनि प्रगाण लगाव थियो । यही लगावका कारण कथा, नाटक, र उपन्यास गरी ४० वटा कृति लेख्न सफल भईन् । उपन्यास लेखनबाट आफ्नो साहित्य यात्रा शुरु गरिन् । सन् १९०९ मा उनको ‘गुनार्स डटर’ उपन्यास प्रकाशित भयो । १० बर्षसम्म सिग्रिडले कार्यालय साहयक पदमा काम गरिन । सन् १९४० अप्रिलमा नाजीहरुले नर्वे कब्जा गरे । त्यसको उनले खुलेर विरोध गरिन् । त्यसैका कारण उनका पुस्तकहरु बन्देज लगाए नाजी शासकहरुले ।
सन् १९३८ को नोवेल साहित्य पुरस्कार अमेरिकाकी पर्ल सेनडेनिस्टरिकर बकले प्राप्त गरिन् । बकको लेखन सन् १९२३ मा ‘ अटलान्टिक मन्थली’ पत्रिकाबाट शुरु भएको हो । १९३० मा प्रथम उपन्यास ‘इस्ट विन्ड वेस्ट विन्ड’ प्रकाशित भयो । सन् १९३१ म प्रकाशित ‘द गुड अर्थ’ ले १९३२ को पुलित्जर पुरस्कार प्राप्त गर्यो । बकका जम्मा ८० वटा कृति प्रकाशित छन् । २६ जुन १८८२ मा अमेरिकाको वेस्ट भर्जिनिया राज्य स्थित हिल्सबोरोमा जन्मिएकी बकको ६ मार्च १९७३ मा अमेरिकाको भरमाउन्टमा मृत्यु भयो ।
नोवेल साहित्यकार पुरस्कार विजेता अर्की महिला साहित्यकार हुन चिलीकी ग्राब्रिएला मिस्त्राल । उनको जन्म ७ अप्रिल १८८९ मा चिलीको भिकुनामा भएको थियो । ‘सनेट्स अफ डेथ’ नामक काव्यका लागि मिस्त्रालाई सन् १९४५ को नोवेल साहित्य पुरस्कार प्रदान गरियो । उनका पद्य र गद्यमा गरी ३५ वटा कृति प्रकाशित छन् । उनलाई गीति कविताकी रानी भनेर चिनिन्छ । क्यान्सर रोगका कारण १० जनवरी १९५७ मा न्यूयोर्कमा उनको मृत्यू भयो ।
‘लिजेन्डस एन्ड स्टोरिज’( १९२१), ‘द हाउसेज अफ डेथ’(१९४७) जस्ता उत्कृष्ट २४ वटा कृतिकी रचयिता स्विडेनकी नेली स्याक्सलाई इजारायलका पुरुष साहित्यकार स्यामुएल एगनोनसगँ संयूक्त रुपमा सन् १९६६ को नोवेल साहित्य पुरस्कार प्रदान गरियो । १० डिसेम्बर १८९१ म बर्लिनमा जन्मिएकी नेलीको १२ मे १९७० मा स्टकहोममा मृत्यु भयो ।
नौ बर्षको उमेरमा नै कथा लेख्न शुरु गरेकी दक्षिण अफ्रिकाकी नाडिन गोर्डिमरलाई सन् १९९१ को नोवेल साहित्य पुरस्कार प्रदान गरियो । उनका तीस वटा कृति प्रकाशित छन् । नाडिनका कृतिहरु रङ्गभेद नीतिको विरोधमा लेखिएका छन् । नाडिनको २० नोभेम्बर १९२३ मा दक्षिण अफ्रिकाको ट्रान्सभालमा भएको थियो ।
सन् १९९३ को नोवेल साहित्य पुरस्कार अमेरिकाकी टोनी मोरिसनलाई प्रदान गरियो । १८ फेब्रुअरी १९३१ म अमेरिकाको ओहिओस्थित लोरेनमा भएको हो । उनको पहिलो कृति १९७० मा प्रकाशित ‘द ब्लुएस्ट आई’ हो । नारीवादी लेखकका रुपमा समेत चिनिएकी टोनीका १२ वटा उपन्यासहरु प्रकाशित छन् ।
नोवेल साहित्य प्राप्त गर्ने अर्की महिला साहित्कार हुन् पोल्यान्डकी विस्लावा जिम्बोस्र्का । सन् १९४५ मा पोल्यान्ड पत्रिका प्रकाशित ‘आइ एम लुकिङ्ग फर अ वर्ड’ शिर्षकको कविता उनको पहिलो रचना हो । पोल्यान्डको कोर्निकमा २ जुलाई १९२३ मा विस्लावाको जन्म भएको हो । कवि विस्लावाका जम्मा २० वटा कृति प्रकाशित छन् । ‘कविताकी मोत्सार्ट’ भनेर चिनिने विस्लावालाई सन् १९९६ को नोवेल साहित्य पुरस्कार प्रदान गरियो ।
सन् १९६७ मा ‘लिलास स्याडो’ कविता सङ्ग्रह प्रकाशन गरेर साहित्यमा प्रवेश गरेकी अस्ट्रियाकी एल्फ्रिड येलिनेकले सन् २००४ को नोवेल साहित्य पुरस्कार प्राप्त गरिन् । यी पनि नारीवादी लेखकको परिचयमा परेकी छिन् । कविता, उपन्यास र नाटक गरी तीस वटा कृति प्रकाशित भएका छन् । एल्फ्रिड जर्मन भाषी लेखक हुन् ।
बेलायतकी डोरिस लेसिङ सन् २००७ की नोवेल साहित्य पुरस्कार विजेता अर्की महिला साहित्यकार हुन । उपन्यास उनको मुल लेखन विधा हो । उपन्यास सहित कथा, कविता, विज्ञान कथा, आत्मकथा, नाटक, वैचारिक निबन्ध आदि गरि उनका ४० वटा कृति प्रकाशित छन् । दुई सयको संख्यामा प्राज्ञिक लेख पनि लेखेकी छिन डोरिसले । उनको जन्म २२ अक्टोबर १९१९ मा केमान्सा पर्सिया ( हालको इरान) मा भएको हो ।
सन् २००७ को नोवेल पुरस्कार हर्ट मुलरलाई प्रदान गरियो । उनको जन्म १७ अगष्ट १९५३ मा रोमनियामा भएको हो । उनी जर्मन भाषी साहित्यकार हुन् । उनको पहिलो कृति जर्मन भाषामा लेखिएको थियो । सन् १९८९ मा प्रकाशित ‘रिसेन्ड अफ इनिम विन’ (अंग्रजी भाषामा ट्राभलिङ्ग अन वन लेग) उनको पहिलो कृति हो । उनको पछिल्लो कृति सन् २००५ मा प्रकाशित ‘डाइ वाल्सीन हेरेन मिट डेन मोकाटासिन’ हो ।
(लेखक: इटहरीबाट प्रशारण हुने रेडियो परिवर्तनका स्टेशन मेनेजर हुन् । )