नौलो दृश्य (लघुकथा)

टल बाली राई
अस्ट्रेलिया(तसमानिया)

‘यी दिनहरु छिट्टै फेरिन्छन् होला’ भन्ने मलाई अत्तोपत्तो थिएन ।

एउटा बब्कुए पार्टीमा अंग्रेजी- नेपाली  बोलीको आवाज कानमा गुन्जियो -एक्स्क्युजमि !! देयर ! ,,,। मैंले पनि ‘हाई’ उच्चारण गरें । आज उनी निक्कै हतारमा देखिन्छिन् । बिडम्बना , तर मलाई अपरचित ठान्छिन् उनी । धेरै भलाद्मी शैलीमा सबैको सामु उनी ‘हाई’को सम्बोधन गर्छिन्।

कपडाको नाम आधा  शरीरमा मात्र छ, आधी भाग निर्बस्त्र ।आँखामा गुलावी रंगको गोगल्स अनि हिँडाई भिन्न छ  । मोबाइल सेट ‘स्विच अन’ छ, साथै चौतर्फीबाट मिठासपूर्ण कलिंग टोनहरु बज्छन्। “यस, याप , नोप आयाम  रेअल्ली” भन्दै उनी उत्तर दिन्छिन् । एकछिन पछि पार्टीबाट फुत्त बाहिर निस्की ।मैँले नियालें। “अब मानव विकासको क्रम तीव्र छ- भाषा, फेसन, रहनसहन , आधुनिकीकरण  !!!

One Reply to “नौलो दृश्य (लघुकथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *