पत्थरको देवता

कवि
कवि

आभास रिखाम मगर
नर्थ क्यारोलाईना, अमेरिका

 

मौनताको
सिंहसानमा रमिता हेर्दै
नतमस्तक बसिरहन्छ
पत्थरको देवता ।

हामी मान्छेहरु
विश्वासमा अडिएका छौ
विश्वासले नै धोका दिई रहेको छ ।

आधुनिक सभ्यताको ‘भेम्पाएर’
अर्काको रगत, पसिना, चुसेर
आफुलाई ठुलो मान्छे सम्झिन्छ ।

खुशी पार्न नाथे ढुंगालाई
निमोटछौं सुन्दर फूलहरु
निर्दोष पशुहरुको
लिन्छौ ज्यान
चढाऊछौं रगत भाकल गरेर
हेर गढिमाई
पापमा कसरी स्नान गरिरहेछ ?

हामी मान्छे हुनुको गर्ब गर्छौ
बुद्धीको घमण्ड गर्छौ ।

हामीसंग बुद्धी हुँदो हो
हामीसँग अलिकति मात्र सोच्ने शक्ति हुदो हो
अन्धविश्वासले,
किन?
हामीलाई सधै कठपुतली बनाएर
अँधेरो रंगमन्चमा नचाई राख्थ्यो ?

                                                                   (प्रकासोन्मुख कृति ‘प्रश्नहरुको पहाड’बाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *