परिवर्तन

क्रिश रिजाल
अमेरिका

बिरहीको सारङ्गीले गीत गाउँन किन छाड्यो
एउटै नाता एकै रगत किन आज टाढा बन्यो ।

अँधेरीको जुन आज किरण बिनै छल्ली गयो
सुशेलीको बतासले जिन्दगी नै उजाड भयो।

सँगर्षको पाइला आज बड्दै किन रोकी’ रह्यो
हाँसो आँसु रोदन आज मन भित्रको घाउ भयो ।

नयनरुपी आँखाबाट थोपा किन सागर बन्यो
एउटै कोख एकै काख किन आज छुट्टै भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *