परिवारको सपना
खगेन्द्र बिष्ट्ट
अमेरिका, ओहायो
अमेरिका, ओहायो
आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म
थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना
जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश
फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन
जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा
जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा