परिस्थितिले जन्माएको छोरो

कवि

माया भट्टराई
केन्टकी, अमेरिका

म प्रसव पिडाले छट्पटाउँदा,
मेरा सामु कोही थिएनन्,
मैले प्यासले पानी माग्दा,
एक अँजुली पानी कसैले दिएनन् ।

मेरा लाला बाला सन्तान सबै लखेटेछन्,
म बिउँझँदा साथमा अरू नै थिए,
‘खोइ मेरा लाला बाला’ भनी सोध्दा मैले-
सबै हाँसे गलल्ल,खिल्ली उडाए मेरो ।

यसरी खोसिए सन्तान मेरा,मेरो काखबाट,
यै एउटा मेरो पेटमा रहेको नजन्मिएको
सन्तान रह्यो मेरो साथमा ।

हो यै सन्तान जन्माउँदा म प्रसव पिडाले छट्पटाउँदा,
चिच्याएँ म, रोएँ, कराएँ, हार गुहार मागेँ,-
तर कसैले हेरेनन् मलाई,
कसैले सहयोग गरेनन् मलाई,
हो यस्तै अनेक पिडाहरूका बाबजुद पनि
मैले हरेक दुख-पिडा सहँदै ,
अनेक दुखाई ठक्कर खप्दै,
यो सन्तानलाई जन्म दिएँ  ।

अब यसैले बुझ्नेछ मेरा दुख-पिडा,
अनि बुझ्नेछ उसका दाजु दिदीहरू कसरी
मेरा काखबाट खोसिए  ।

उ ठुलो भएसी म सबै कहानी सुनाउनेछु,
हो म सबै कहानी भन्नेछु,
अनि यो कान्छो नै मेरो परिस्थितिले जन्माएको
छोरो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *