पर्खाइ

टीका ढुङ्गाना
विनसाेर, क्यानाडा

जिन्दगीमा केही पाउनु छ भने,
केही गुमाउनु पनि छ
केही सपना देख्नु छ भने,
त्यसलाई पुरा गर्नु पनि छ।

सजाऊ ती सपनाहरूलाई,
जसरी सृजना सजाइन्छ
ती रङ्गिन सपनालाई पुरा गर
तिम्रो उत्तरोत्तर प्रगति हुनेछ।

यदि सफलता पाउनु छ भने,
लड्नु पनि जरुरी छ
सजिलो छैन सफलता पाउन,
प्रतीक्षाको फल पर्खाइमा छ।

केही सपना देख्नु छ भने
त्यसलाई पुरा गर्नु पनि छ
जिन्दगीमा केही पाउनु छ भने
प्रतीक्षाको फल पर्खाइमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *