पिँडीमा बसेर

कवि

विशु निछा
अस्त्ट्रलिया, अमेरिका

 

बुबा!
ऊ: त्यो पर पिङ,जमरा,दही,अछेता अनि
सयपत्री लिएर हाँस्दैहाँस्दै आउने को हो?

त्यो?
त्यो त दसैं हो, छोरा!

ए……..।
त्यो दसैं हाम्रो घरमा आयो भने के हुन्छ बुबा?

हाम्रो घरमा आयो भने होइन,
त्यो हाम्रो घरमा आउँछ छोरा, र
तिमीलाई रुवाउँछ
तिमीलाई रुवाएपछि मलाई पनि रुवाउँछ

अनि त्यो दसैं हाकिम अंकलकोमा गयो भने के हुन्छ बुबा?

हाकिम अंकल रक्सी र चिची छाद्नु हुन्छ,छोरा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *