पृथक् नाता

कुबेर कुईकेल ‘भुवानेटारे’
अमेरिका

 

जीवजन्तु पृथक् हामी धरतीमा निवास यो
त्यो व्यक्ति तिलस्मी हु्न्छ प्रकृति लक्ष लिन्छ जो
ज्ञानले गुणले दक्ष मान्छे झुक्छ जिमी तिर
शोभा यो धरती भित्र विकल्प शुद्धता नेर

बन वृक्ष भरा धर्ती ध्रुवीय हिम युक्त त्यो
न्यूनता पृथिवीको ताप वायुमणडल स्वच्छ त्यो
त्यो नाता दीर्घ चल्दैन जस्मा कमी छ स्वच्छता
पल्लवी धरती साथ स्वच्छ सम्बन्ध श्रेष्ठता

यो प्राण युक्त नाता छ छौँ परिवार पृथक् पृथक्
हाम्रो आवास पृथ्वी यो स्वच्छ ब्रह्माण्डमा पृथक्
गलती जति त्यागेर सङ्कल्प स्वच्छता प्रति
आत्ममा आत्मीयता राखौँ वातावरणका प्रति

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *