पैतालामा जीवन
कृति परिचय
पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो ।
आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग प्रहार छ ।
पुस्तकमा झुपडीका कुरा आएका छन्, विपन्नताको बिम्ब र प्रतीक विषयवस्तु बनेका छन् ।
साथै कविले कतै प्रश्न पनि छाडेका छन् । जस्तै- के हो यो अस्तित्व ? मलाई के को संज्ञा दिने ?
पुस्तकको आवरणमा हिमाल चढी रहेको पात्र चित्र भए पनि यसको अर्थ गहिरो छ । कविता पढ्दै जाँदा बुझिन्छ, जीवन सङ्घर्ष हो । कठिनाइहरू पार गरी हिँड्नु पर्छ भन्ने भावका साथ ‘पैतालामा जीवन’ प्रतिकात्मक रूपमा राखिएको शीर्षक मान्न सकिन्छ ।
कवि नेत्रले केही ठाउँ प्रकृति, कतै प्रणयका कुरा ल्याएका छन् । कतै धार्मिक पात्रहरूको चर्चा पनि छ । तर ती पात्र जसरी आए पनि तिनका सङ्घर्षको कथ्य भने गरिबीकै छ । आचार्यको पहिको कविता सङ्ग्रहमा
समर्पण माता -पिता, अर्धाङ्गिनी र छोराहरूमा भनिएको छ । यस पुस्तक विश्व भूटानी साहित्य सङ्गठनले २०७८ मा प्रकाशित गरेको हो । पैतालामा जीवन गध्यकविताहरूको सङ्कलन हो । यस संग्रहमा ४३ वटा कविताहरू समावेस गरिएका छन् ।