प्रकृति प्रकोप र विनाश
जय हुमगाइँ
क्यानडा
समय प्रकृति र विनाश छैन बहसमा
कहिले लाग्छ आगो र पार्छ भस्म
हिमपात कहिले सुनामी आउँछ
असल जीवन बेहाल पार्छ
बाडीले घर गाउँ र बगैँचा बगाउँछ।
टोरनाडोले धुरी र भवन ताक्छ
भूकम्प आउँछ तहस-नहस पार्छ
पर्खाल अनि जमिन फाट्छ
ज्वालामुखीले लाभा लतत बगाउँछ
हरियाली हराभरा खरानी बनाउँछ।।
पहिरोले घर जङ्गल विनाश पार्छ
बाढीले अनगन्ती चौपाया मार्छ
डुबाउले खेत गाउँ नष्ट गर्छ ।
सहर, बजार उदाङ्गो र नाङ्गो पार्छ
खडेरीले गरिबी कङ्गाल पार्छ
रुढी र व्याधि नाना थरी आउँछ
घरभित्र थुनेर नजरबन्द राख्छ।
हुरीले कहिले सल्काउँछ धुरी
शिरेट्टोले टप्प पार्छ चिउला चुडि
आतङ्क कतै विश्व युद्ध चल्छ
प्रकृति, प्रकोप र अपराध बढ्छ।
अमोट र बारूँध बम गोली चल्छ
हिरोसिमा र नागासाकी अरू
फेरि भोली कति जल्छ
सडक दुर्घटनाको बढ्दो छ गति
हवाई दुर्घटना पनि छैन कमी।
जहाज डुबाउमा पर्छन कति
भिर पाखा खोला र ढाल
छैन कतै नमार्ने छाल
शत्रुले मार्ने कोटा हो कति?
दुर्गतिको हिसाब बढ्दो छ गति।
भयभीत भयो जीवन अहिले
त्रासको क्षण घट्ने हो कैले?
बाच्नु छ चिन्तामा चर्लप्प डुबी
अदृश्य मृर्त्युले लाने छ टिपी।
न छ प्रकृति सँग कुनै बहस
न त मृत्यु रोकेर रूक्छ
मर्नु र मार्नु कुनै उत्सव होइन
ठट्टा नगर्नु मृत्युसँग
मृत्युको कुनै बहस छैन
अनिकालमा बिउ जोगाउनु पर्छ
होसियारी बनी नियाली
अकालको मृत्यु रोक्नु पर्छ
विनाशको पिडा सहनु पर्छ।
विकल्प छैन प्रकृतिको सामु
टेक्नु छ घुँडा ईश्वर सामु
हुँदैन आत्मालाई शान्ति कहिले
यदि हर्दछ भने आफ्नो
प्राण नसोची आफैँले
नभने हुन्छ श्रद्धाञ्जली
त्यस लासलाई कसैले ॥