प्रिय लेखक
खगेन्द्र गौतम
क्यानडा
हो! तिमी एक होनहार लेखक।
तिमी धेरै कुरा लेख्छौ।
तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा,
अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ।
प्रिय लेखक !
आफूलाई कहिल्यै चिनाउँदैनौ तिम्रा लेखहरूमा।
न त लेख्छौ आफ्नो कथा,
न त लेख्छौ आफ्नो सभ्यता।
तिमी एक अतभुत;
लेखक, कवि, गीतकार, गजलकार ।
तिम्रा कलमहरू अनवरत रूपमा निरन्तर दौडिरहेका छन्।
तर विडम्बना!
न त तिम्रा कलमहरूले तिमीलाई चिने, न त
तिमीले आफ्नो कलमसँग आफूलाई नै चिनायौ।
तिमी कालापानी बेचिएको लेख्छौँ
डोक्लाम मिचिएको कहिल्यै लेख्दैनौ।
तिमी सुस्ता र लिपुलेक गुमाएको लेख्छौँ
तर डुवर्स हराएको कहिल्यै लेख्दैनौ।
तिमी एक होनहार लेखक।
तिम्रा सिर्जनाहरू म खोजी-खोजी पड्छु।
तर न कहीँ भेट्छु पुनर्वासका कथा,
न देख्छु कहीँ शरणार्थीका व्यथा।
आज भोलि म आँपैलाई प्रश्न गर्दैछु,
तिमी कहाँको, कस्तो, अनि कसको लेखक?
प्रिय लेखक ! भाषा एउटै हो,
यसलाई संयोगमात्र मान।
त्यो भीडमा तिमीलाई छाया
जस्तोमात्र देखिन्छ।
छोडिदेऊ ती सम्मानका पोकाहरू
ख़रीद गर्न।
तिमी र तिम्रा सिर्जनाहरूको उच्च
सम्मान त यतैमात्र हुन्छ।
भयो अब नजाऊ टाढा प्रिय लेखक !
फर्क यतैतिर ,
अनि लेख आफ्नै इतिहास, सभ्यता
र जीवन शैलीका कुरा।
nice