प्रेमिका – रम्बास कविता
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
द
बेस्ट
अफ द
बेस्ट लेडी
मेरी प्रेमिका।
स्वर्ग नै हल्लिन्छ
जब उनि देखिन्छिन्
सामान्य पहिरनमा।
नतमस्तक भइदिन्छु
चाँदनी रातमा तारा हेर्छु
ढुकढुकीको इसारामा
मन प्रफुल्ल पार्दछु
आफैले आफैलाई
खुसी सुनाउँछु
मेरी प्रेमिका
सं सा र कै
द बेस्ट
ले डी
हुन्।