प्रेम !

कवि

डम्बर ओस्ती
क्यानाडा

प्रेम शब्द अत्यन्त गहकिलो छ
यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ
अझ भव त सगर भन्द गहिरो छ
भन्छन् भषाविधरु –
मेरो पनि प्रेम शब्दको अर्थ प्रति पूर्ण सहमत छ
अझ म त के भन्छु भने
“प्रेम” एउटा महाशस्त्र हो
यो भावनत्मक हुन्छ
चित्रांकित हुन्छ
प्रेम शाश्वत हुन्छ
प्रेम पबित्र हुन्छ
तर प्रेम अन्धो पनि हुन्छ
अझ बढी त ब्यवहारिक हुनु पर्दछ
मनिसको अत्यन्तै न्युन शंख्या होला
जो यस शब्द प्रति अनविज्ञता प्रकट गरोस् |

जनावरले पनि बच्चा जन्मिएदेखि नै
प्रेम गर्छ र गर्न सिकाउँछ पनि
मनिसले त झनै —
नाभी कट्न नभ्याउँदै चुम्मा गर्दछ र
अगाध प्रेम प्रकट गर्दछ ।
प्रेम अचम्मकै हुन्छ !!!
अपरिभाषिक छ
अवर्णनीय छ
छ त केवल बिचित्रता |
प्रेमको यथार्थ अनुभूति त उसले गर्दछ
जो प्रेम पंचमा रुमलिएको छ
प्रेम पारखीहरू भन्छन्
प्रेमको गहिराइमा पुग्नलाई त
न त मुना मदन सकेको छ
न त रोमियो र जूलियट नै

अखिर उहि प्रेम हो
कसैलाई जीवन भर खुसी बनाउँछ
कसैलाई दु:खै-दु:खको खाडलमा जकाउँछ
अनि कसैलाई त –
आत्मा हत्याको बाटो अपनाउँदछ
हो! प्रेम प्रन्पन्च नै हो!
मान्छेको जीवनको लगम यसको हातमा छ|
वास्तव मै प्रेम अचम्मकै हुन्छ
कसैलाई धनाड्य बनाउँछ त
कसैलाई कंगाल बनाउँछ|

परिपक्व प्रेम सफलताको प्रतिक हो
यद्यपि अपरिपक्व प्रेम र
शारीरिक आकर्षणको पृष्ठभुमिबाट मौलएको प्रेम
जीवनको असफलता र तगारो पनि बन्दछ
र अन्त्यमा हत्याको दिशा निर्देश गर्दछ
त्यास कारण जति गहिरो छ
उतिनै पबित्र पनि हुनुपर्दछ
तर आज-भोलि आधुनिकताको
खोक्रो पराकाष्टाभित्र मान्छेहरु हराइरहेकाछन्
प्रेमको नाममा कलंक फैलाइरहेकाछन्
झूटको खेतीमा प्रेमको ब्यापार गरिरहेकाछ्न्
प्रेमको पछिल्लो रूप बलात्कार र हत्या पनि हुन थालेकोछ
प्रेमको नाममा पाशविक ब्यावार हुँदैछ
अनि भावी सन्ततिले के सिक्लान् ?
आजको यो विकराल परिस्थितिबाट
यस प्रति सच्चा प्रेम पुजारीहरूले सोच्ने दिन आको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *