फम बोकेर

कवि

श्याम खनाल (एस०पि०खोरिया)
पिटस्बर्घ, पेन्सिल्भेनीया

वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा।
मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥
पर्ला जानु अवस्य है ! मकन रे! सथी हुनन्को तहाँ।
आजै सम्म त गाइको पछि परेँ पुगाउनन्को तहाँ॥१॥

यस्ता कल्प विकलपले मनविषे हर्षीत, विष्मत्बनी ।
गन्थेँ मन्मन गन्ति चैँ अरु कुनै पर्ला नि पढ्नू भनी॥
कस्तो हुन्छ नि कुन्हि “इस्कुल “कि वा डाँडा कि ! वन्वाग झैँ।
पुग्ने काम त लौ गरिन्छ अथवा वोल्छू त्यहाँ के म गै॥२॥

भन्छन्कोहि पढाउने गुरुहरू लौरो लिई ह हातमा।
सोध्छन्नित्य पढ़ाइ कै विषयले मार्छन छ्डी गल्ति॥
यस्ता तुच्छ कुरा सुनाइ कतिले पार्थे तितो आशमा।
सुन्दैमा पनि सो प्रवाह न लियी गम्थे त रात्बासमा ॥३॥

मन्को आश थियो गयेर न पढी छाड्दीन यै सालमा ।
जानेछू म अवश्य “इस्कुल​” महा लान्छन कि दाई पिता॥
यस्तै को मन भावमा म रमिएँ ठूलो मनो वादमा।
भाग्यै नाश भएछ चाल नबुझी आशा परे जालमा॥४॥

सोही मास तिरै मलाइ बलले हिँड्गाइ लि गोठमै।
भन्दै दाइ र दाइका मित​, सखा सोओ॔इजा चालमै॥
मैमान्दै न थिएँ अझै तर तवै उझाइ झापट्बली।
फाम्बोकेर उकालि नागि तिर पो बाछा धपाएँ गली॥५॥

यस्तो दिन्पनि खालि मै प्रति छ की छौ कोहि सथी यहाँ।
भन्दै यो मनको प्रभाव वटुली गल्थे इरादा जहाँ॥
नौ नारी अठिँगल्ति आठ सँगमै गल्थे उकालो महा।
यस्तो दीन वनी निराश गति खोरिया भए थ्यो वहाँ॥६॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *