फोक्सोभित्र कालो बादल
पुष्प ढकाल ‘सांकेतिक्’
साउथ डाकोटा, अमेरिका
हातमा चुरोट
चुरोटको धुवाँ तान्दै
चुरोटको टुटा खरानी
चुरोटको राँको झिल्का
भुइमा झर्दै मन खेलाउँदै
टोहोलाइरहने एकोरो
चुरोट तान्दै धुवाँ उडाउँदै
आधी फोक्सोमा कालो दाग हुने गरी
फोक्सोभित्र घायल बनाउँछु
जिन्दगीलाई बेकार बनाउँछु
तलतल लाग्यो पुन तान्छु चुरोट
कुन मोडमा छु थाहा छैन
मेरो फोक्सोमा असर हुने गरी
कालो दाग बनाउँछु
मृत्युसँग लड्छु
लडेर कालो बादल बनाउँछु
यही मेरो चुरोटको धुवासँग
बादललाई चुनौती गर्छु
अन्तिम मेरो मृत्यु हुनेछ।।