बड़ा दशैः एक प्रसंग

लेखक

कमलापति सुबेदी
केन्टुकी,अमेरिका

केही दिनमात्र बितेको छ सारा नेपालीहरूले  महान चाड़ मनाएको । विश्वका विभिन्न स्थान र विभिन्न परिस्थितिमा रहेर नि सांस्कृतिक पहिचानका लागि यस्ता चाड़-पर्वको संरक्षण हुनु अनिवार्य पनि छ । हिन्दूहरुको महान चाड नवरात्र विजयादशमी प्रत्येक वर्षको आश्विन शुक्लपक्षको प्रतिप्रदाबाट कोजाग्र पूर्णिमासम्म गरी १५ दिन मनाइन्छ । प्रतिपदाका दिन घटस्थापना गरी माता दुर्गा भगवतीको बिग्रह प्रतिमा तथा चित्र आयुधसहित स्थापना गरी प्रतिदिन पूजा आराधना गर्ने विधान तथा पद्दति छ । दशमीका दिन बिहान पूजा सकेर राता अक्षता, जमरा, दूबो आ-आफ्ना ईष्टदेवता, कुल देवता, स्थानीय देवता साथै घरको मुलस्तम्भ या मुलद्वार, राष्ट्र आदि देवताहरुमा अर्पण गर्नुपर्दछ । त्यसपछि मान्यजनहरुका हातबाट माता दुर्गाभवानीको दिब्य प्रशादका रुपमा टीका-जमरा तथा आशिश लिने परम्परा र मर्यादा राख्ने गरिन्छ ।
आशिक-

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे गतिश्च पवने पि्रितंच राधापते

(मानन्य दुर्योधने)
सौर्यं शान्तनवे बलंहल धरे सत्यम च कुन्तिसुते
सुज्ञाने बिदुरे भवन्तु भवतां किर्तिश्च नारायणे
सर्व मंगल माङ्गल्यै शिवे सर्वार्थ साधिके
शरण्यत्रयं बके देव नारायणी नमस्तुते
आशिकको अर्थ-

असोस्थामा जस्तो चिरन्जिवी रहियोस/ राजा दशरथको जस्तो कृति रहोस/  रामचन्द्रको जस्तो शत्रु बिजेता र पुर्ण मर्यादापालन  गर्ने हुनु/ राजा नहुषको जस्तो ऐसोर्य रहोस/ वायु हावा जस्तो स्वच्छ हृदय रहोस/ सबै प्राणिहरुमा श्रीकृष्णको जस्तो प्रेम रहोस/ सूर्यको जस्तो दृष्टि र शान्त स्वभाव होस/ बल तथा शक्ति बलरामको जस्तो रहोस/ सत्य चाही कुन्ति पुत्र धर्मयुधिष्ठिरको जस्तो होस/ ज्ञानचाही  भक्तबिदुरको जस्तो रहोस् /कृतिचाहि भगवान नारायणको जस्तो होस । अर्को आशिश-माता जगत जननी दुर्गा भवानीले सवै प्राणीमात्रमा मंगल रहोस भन्नु भएको हो ।  यी मात्र नभएर वर्षभरिका पर्बहरुको विधान पद्दति पाइन्छ । यसका साथै माता दुर्गा भगवतीको सृष्टि र शक्तिको वर्णन देवी भागवत पुराण र शप्तसति चण्डीमा विधानसहित पाइन्छ ।
यो नवरात्रको विधान मान्ने चलनहरु कहिले कहाँबाट कसले किन केका निम्ति मान्दै ल्याइयो होला भन्ने जिज्ञासा हुन सक्छन र हुनुपर्ने पनि हो । हाम्रो समाजमा चाडपर्वको इतिहास जान्ने विज्ञमानिसहरु अल्पसंख्यामा पाइन्छन् । आ-आफ्ना जातीय संस्कार–संस्कृति, अनुशासन, मर्यादा, जातीय सभ्यता, राष्ट्रियसभ्यता आदि कुराहरु मानव जातिभित्र रहनु पर्दछ । जातीय संस्कार-संस्कृति कतिको नजिक र प्यारो छ भन्ने उदाहरणमा भूटानीहरु नै परिन्छ । जन्मदिने आमा सधैं रहदिनन् तर जातीय संस्कार-संस्कृति युगान्तरसम्म रहने हुँदा यहाँ आइपुगिएको हो ।
हाम्रो समाजमा जान्ने मानिसहरु कम मात्रामा हुनुको कारण हामी आफूले नजानेको कुरा जान्ने व्यक्तिलाई सोध्न शरम मान्छौँ  या चाहदैनौं र यही कारणले गर्दा हामी आफैँ पछि पर्छौँ । यहाँका मानिसहरु हाम्रो संस्कृति जान्न खोजेर सोद्दा हामी आ-आफ्नु पाराले ब्याख्या गरेर उनीहरुलाई अलमल्ल पारिरहेका हुन्छौं । यसका साथै एकै ठाउँमा काम गर्ने दुई व्यक्तिमध्ये एकजनाले मात्र कुनै पर्बको लागि बिदा लिँदा अर्काको जवाफचाहिं “यो झन्झटमा पर्नुभन्दा कामै गर्छु” भन्ने हुन्छ । यस कुराले गर्दा हाम्रो संस्कृति बुझ्न खोज्ने मानिस अलमल्लमा पर्छ र हामीबीच धेरै ठाउँहरुमा प्रश्नहरु उठ्छन् । हामीले देखेको कुरा यहाँका मानिसहरु आफ्नो संस्कृतिमा अडिग हुन्छन्, सबैको एकै आवाज हुन्छ र सबै एकजुट भएर काम गछर्न् । उनीहरु आफ्नु धर्म-संस्कृतिप्रति जागृत छन् । हामी वर्षमा एकपटक पनि मन्दिरमा जाने इच्छा गर्दैनौं । घरमा आमा-बाबुले गरेको शुभकार्यमा संलग्न हुँदैनौं, भजन-कृतनमा भागै नलिने हुँदा धेरै मानिसहरुको हृदय रोएको थाहा भएको छ । यसकारण हाम्रा समाजका युवा-युवतीहरु हाम्रा आँखा हुन हाम्रा बाणी हुन्, वहाँहरु नहुँदा हामी बाँच्न नसक्ने अवस्थामा छौँ । वहाँहरुका जीम्मामा हाम्रो संस्कार-संस्कृति हामीले सुम्पिसकेका छौं । यसै कारणले गर्दा आ-आफ्नो जातीय संस्कार-संस्कृति जगेडाका साथ खबरदारी गर्ने जिम्मा हाम्रा काँधमा आएछ भन्ने कुरा बुझिदिनु हुन यो लेखमार्फत आग्रह तथा निवेदन गर्छु ।
बडा दशैंको कुरा गर्दा पृथ्वीमा दैत्यहरुको स्वर्थ बढेर स्वर्ग, मर्त्य र पाताल नै थर्काउने मैशासुर, चण्ड-मुण्ड शुम्भ-निशुम्भ, रक्तबीज आदि दैत्यहरुले देवराज ईन्द्रलगायत सारा देवताहरुलाई त्राही-त्राही गराई स्थानान्तर हुने अवस्था गराए । यस समस्यालाई समाप्त गर्ने उपाय खोज्दा शक्तिबिना र एक्लै सफल नहुने निर्णय निस्कियो । सारा देवताहरु एक जुट भई शक्तिको आराधना गर्दा भगवान विष्णु, शिव, ब्रम्मा, ईन्द्र, कुवेर, बरुण आदि देवताहरुका पूजाबाट शक्ति सम्पन्न मातादुर्गा प्रकट हुनुभयो । देवताहरुको पुकारा सुनेपछि भगवती माता दुर्गाले जुक्ति-वुद्धिका साथ दैत्यहरुको विनाश गरी देवताहरुको उद्धार गर्नुभएको इतिहास छ । धार्मिक इतिहासअनुसार त्रेता युगमा भगवान विष्णुको राम अवतार भएको हो । केही वर्षपछि कारणवश रामचन्द्रको वनवास भयो । पत्नी सिताजीका साथ भाई लक्ष्मण पनि जानुभएको अवस्थामा लङ्काका राजा रावणले सिताजीलाई अपहरण गरी लङ्का पुर् याए । त्यस समयमा श्री रामले सिताजीको खोजीका लागि सुग्रीवसँग मितेरी लगाई भक्त हनुमान जाम्बबान आदि वीर बानर–आदि सेनाहरुका सहयोगमा पनि भगवान श्री रामले शक्तिको उपार्जनका लागि नवदुर्गा भगवतीकै आराधना गर्नुभएको इतिहास छ ।
माता दुर्गा भवानीको दिब्य प्रशाद आफूले सहित बानर–आदि सम्पूर्ण सेनाहरुमा टिका-प्रशादी आशिस वचन र फौजीको आचरण सहित पालना गर्ने प्रतिज्ञा गर्दै आफ्नै प्रमुख सेनापतित्वमा विजयका निम्ती प्रस्थान गर्नुभयो । सागरका किनारमा पुगेर पुन्यभूमि भारत वर्षमा लोकहित र जीवन सार्थकका लागि दिब्य धाम रामेश्वरको स्थापना गर्नुभयो । लङ्का पुग्नलाई सागर बाधक भएको हुदा शक्तिद्वारा सपन्न सेतुको निर्माण गरि लङ्का पुगि त्रिलोक विजेता रावण लगायत कुम्भकर्ण, ईन्द्रजीत, ऐरावण, मैरावण आदि रावणादि सेनाहरुको विनास गर्नुभयो । लङ्कामाथि विजय प्राप्त भएपछि श्री राम पत्नी सिता सहित भाई लक्ष्मण, भक्त हनुमान, राम भक्त राजा बिभिशण, सुग्रिब, जम्बवान, रामभक्त निसाद राज आदि विर योध्धाहरुसँग अयोध्या आउनुभयो । अयोध्या नगरवासी प्रजाहरुको उपस्थितिमा रावण विजेता रामप्रभूको राज्यभिषेक विजय समारोह भएको ईतिहास छदैछ । । यसरी नै सुरथ र समाधिबैस्य पनि देशबाट र घरबाट निकालिएका अवस्थामा जंगलमा बसि माता दुर्गा कै भक्ति र आरधनाद्वारा गुमेको राज्य र सम्पत्ति हात परेको इतिहांस छ । पाण्डवहरुले वनवासको समयमा पटक-पटक माता दुर्गाकै स्तुत्ति र आरधना गरेको पाईन्छ । यसरी दैवि शक्ति प्राप्त गरि ईच्छा पूर्णगर्ने मानिसहरु हिन्दु सास्त्रिय ईतिहासमा धेरै उदाहरण छन् । रामचन्द्र प्रभुका उपदेशहरु साधुसंत गृहस्त भिखारी राजा सहितकालागि कल्याणकारि हितोपदेशहरु हाम्रा माझ प्रयाप्त छन् । रामचन्द्रप्रभुको उपदेश ह्दयमा खिल्लिएको छाप र प्रेम जीवन प्रयान्त नचुकेर हाम्रा पूर्वज विरगोर्खाहरुले राष्ट्रमा संकटको अवस्थामा माता दुर्गाकै पुजा आराधनाद्वारा विजयप्राप्त गरेको इतिहास छ । भगवतीको प्रशादी रातो विजय टिका लगाएर जयगोर्खा, जयकालीको नाराका साथ नाङ्गो खुकुरी लिएर मैदानमा निस्किएका वीर गोर्खाहरु आज विजेता इतिहासका पात्र बनेका छन् र नाम जीवीत राखेका छन् । यो नै हाम्रा मनस्वी पुर्खाहरुको दिब्य आशिस वचन  र सही मार्ग मान्नुपर्दछ । आज पनि वीर गोर्खा, कर्मठ गोर्खा, सच्चा गोर्खाका रुपमा विश्वभरि नै सम्मानका साथ आदरका पात्र बनेका छन् । यो सम्मान नै नेपाली जातिको महान गौरव मान्नुपर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *