बन्द आवाजहरू
देवीभक्त भट्टाराई
अमेरिका
देशको जर्जर स्थिति
राष्ट्र रोएको बेला
निरङ्कुश तानाशाह
वीरहरुको एका एक हत्या
सिद्धान्त विहीन लक्षहरु
जनताको भोलापन
देखे पनि चुपचाप छन् यी आवाजहरू
उकुस मुकुस गुम्सिएका
भावनाका लहरहरु
वेदनाका तिक्तताहरु
रोदनका टिलपिल आँसुहरु
कठिनाइका पीडाहरु
मुर्मुरी रहेका छन्
भुमरीको गोलाकार रुप लिएर
आकाशको कालो बादल सँगसँगै
बिस्फोटनको दिन पर्खिरहेका छन्
स्थान र समयको खोजीमा छन्
अवश्य त्यो दिन आउने छ
बन्द आवाजहरू बिस्फोटन हुनेछन्
तानाशाह ढल्ने छ
शीतलताको छहारी आउने छ
सुन्दर शान्त स्थल बन्ने छ
आमाले शान्ति पाउने छिन्
वीरहरुलाई श्रद्धाञ्जली हुनेछ
यी बन्द आवाजहरुको ।।