बलात्कार

डिल्ली राम रेग्मी
अमेरिका

केही भाषण, केही कविता
पत्रकारहरूको मौका, पुलिसको जागिर
जनमानसको क्षणिक उत्तेजना
नेताहरूको देखावटी आँसु
मोमबत्तीहरूको जमघट
टिभीमा केही कुर्सीहरूका बहस
मानव अधिकारका केही पर्चाहरू र कुराहरू
कानुनको खिल्ली
अनि केही साक्षात्कार टिप्पणी
पर्नेहरूको आँसु झरिरहन्छ
मन-मुटु रेटिरहन्छ
त्यता कसैले आँखा लाउँदैन
सरकार भन्छ फाँसी हुनुपर्छ,
………….
अनि फेरि अर्को बलात्कार!
अनि फेरि अर्को हत्या!

Leave a Reply

Your email address will not be published. Required fields are marked *