बसाइँ सरेका नेपालीहरुको अवस्था

डिल्लीराम शर्मा आचार्य
नर्वे

मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा प्राप्त गर्न सक्तैन । उसले जीवन सञ्चालनका निम्ति अर्थ संकलन गर्न सक्तछ तर अत्मासन्तुष्टि लिनबाट भने असफल भइनै रहन्छ । धेरैवटा विषय वस्तु मिलेर एउटा जीवनलाई पूर्णता दिन्छ ।

आ–आफ्ना परिवार वा व्यक्ति विशेषलाई भौतिक सुखसुविधा प्राप्त गर्न विदेश राम्रै होला । तर सिङ्गो जीवन स्वभिमानले बाँच्न ऊ चुकेकै हुन्छ । आफ्नो मनभित्र गुम्सिएका पीडालाई भित्रै कठ्याङ्ग्र्याएर उसले नुनिला आँसु पिउनु वाहेक र आफुलाई हर हमेसा तड्पाइराख्नु उसको अर्को नियति बन्न पुग्दछ । आफ्नो दुधेभाषा,चाडपर्व,संस्कृति संस्कार,रीतिरिवाज, र वाल्यकालमा डुलेफिरेका ठाउँहरु एवं आफ्ना आत्मीय साथीसँगीको सम्झनाले उसलाई घच्घच्याई नै रहन्छ । त्यसमा पनि नेपाली जातिहरुको आफ्नै विशेषता छ जो संसारका कुनै पनि जातिसँग मेल खाँदैन ।

विदेशमा बसेका नेपालीहरुले यी विषयहरुको खुलेर समर्थन,सम्वद्र्धन तथा संरक्षण गर्न सक्तैनन् । अनि विस्तारै आफ्नो जातित्व एवं अस्तित्व विलय भएर अन्तमा समाप्त हुनु पुग्दछ । जुन अरु जातिहरु त्यसरी नै विलय भएर अर्काका खुट्टामा आफुलाई उभ्याएर चिनाउने गरेका पाइन्छन् । उनीहरुले निजी सम्पदा पूर्णरुपमा गुमाइसकेका छन् । त्यो अवस्था विशेष गरी युरोपेली राष्ट्रहरुमा बसोबास गर्ने नेपालीभाषीहरुको थाप्लोमा आइलाग्न खोजेको छ । बेलैमा सजगता अप्नाउन नसके हामीले पनि त्यही नियति भोग्नु नपर्ला भन्न कुनै गाह्रो हुँदैन ।

कसैकसैले अकुत सम्पति आर्जेर घमन्ड गर्ला तर उसको पनि भित्री आत्मा चाँहि खोक्रो नै रहेको हुन्छ । सम्पत्ति पनि मानिसका निम्ति नभे नहुने कुरा हो तर सम्पतिसँग यी माथिका विषय प्राप्त गर्न सक्ने मानिसले मात्र पूर्ण जीवन पाउन सक्छ ।

संसारमा विविध प्रकृतिका मानिसहरुको बसोवास भएकोले १-२ प्रतिशत मानिसलाई यही प्रकृतिका घटनाहरु मन पर्न सक्दछन् । तर अघिकांश मानिसहरु भने एक न एक पीडाले छट्पटाइरहेका हुन्छन् । हरेक मानिसका बाध्यता र विवशता पनि आएर जीवनसँग जोडिन पुग्दछन् अनि यो अवस्था सिर्जना हुने गर्दछ ।

One Reply to “बसाइँ सरेका नेपालीहरुको अवस्था”

  1. Puranaghare

    SharmaJi !!

    I read your article “Condition of the Migrated Nepalese”, the way you have cited the subjective reality can’t be agreed in various grounds. Basically let me illustrate your one of the starting sentences-“मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा प्राप्त गर्न सक्तैन” Dear writer! What do you mean by this statement?

    You see! in reality you are put in to two options by the statement. Do you wanna go to the cave of the stonage era or you wanna become the member of the global village? Some of the points you have harvested seem bit practical, but the way you have interpret it may bring confusion and misunderstanding. I appeal one and all in the site to start a culture of refining our articles with constructive approach of critical commentary before we publish them. That way, we may garner the approach linking our paces with the current write up across the globe.

    In general-let me not make the commentary long: you have illustrated your personal feelings being generalized but you need to know that all may not have the same condition. For instance you know that Albert Einstein was a migrant from Germany to USA, Did he mention any things as like you have posed your hypocrisy? If the migrated one doesn’t entertain friendship and eternity, what is the relationship between you and me? You and the editors of this site? Today’s age is cyber centered age; we have been doing more than the past in regard to the preservation of cultural, linguistic, art and literature. And as far as our nativity is concerned, let us commit ourselves how far we are prepared to up hold our dedication to acclaim the nationality in Bhutan. If we are individually not prepared, no one will give us ticket as International Office of Migration gave us to fly abroad in the past.

    Come on, Sharmaji! Let us go critical before we get published. Some of the controversial notions portrayed in your arguments may blemish your article and the flawed article won’t leave you unbroken in your etiquettes as a notable writer. Let us wake up and go some miles with specialization towards perfection before we get annuity.

    With hope to hear further in this regard:

Leave a Reply

Your email address will not be published. Required fields are marked *