बहत्तर मानिस!
मौसमी ढुङ्गाना
क्यानाडा
म मेरो पहिलो हवाई जहाजमा उड्दै थिएँ
कैयौँ सपना बोकी
म आकाशमा रम्दै थिएँ
अनि चरी जस्तै बादल त्यो संसारमा डुल्दै थिएँ ।
अचानक सपना टुट्दै गरेको महसुस भयो !
आकाशमा होइन, म मृत्युको खाल्टोमा झरेको आभास भयो
अनि म किन घरबाट हिँडे
त्यही मात्र मेरो भुल भयो !
अब बिस्तारै-बिस्तारै मृत्यु देख्न थालेँ
म यौटा चमत्कार होस् भनी
सोच्न थालेँ
अनि रहेका ती एक दुई पलमै खुसी खोज्न थालेँ ।
थाहा छ मलाई मेरी आमा
पर्खी बस्तै होलिन्
मिठो -मिठो खाना पकाई बाटो हेर्दै होलिन्
तर कसले भन्दिने अब सायद
ती छोरा-छोरी फर्केर आउँदैन होलान् ।।