बाटुलो

कवि
कवि

काँशी घिमिरे,
भर्मोन्ट, अमेरिका

गोल नीलमणी अपार संसार सागर,
बसेको छ पृथ्वी समेदन
सिन्धुमा बिचित्र !
माछा, कछुवा, गंगटा र बिच्छी आकारमा,
फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू ।
अष्टबक्र तृवेणी उच्च नीच हरियालीमा,
कोरिएका छन् धर्का आफ्ना आफन्तहरूले ।
फोरी छाती डढाउँदै कतै ठोकी किला फलामका,
आकाश-धर्तीको शासकले लगाए सिमाना !
चन्द्र- सूर्य मलय नील अब बण्डा गर्न बाँकी छ,
महिला- पुरुषको राष्ट्र छुट्याउन बाँकी नै छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *