बिलखबन्द म!

डोना आचार्य/पीए, अमेरिका
डोना आचार्य/पीए, अमेरिका

डोना आचार्य
पीए, अमेरिका


पटक-पटक सोचिरहेछु-
मेरा पुर्खाको
अटल आस्था र लगन
पाखण्डहरुको
धनी बन्ने होडमा
कतै निमिट्यान्न हुन लाग्या हैन ?


विश्वस्त छु
मेरो संस्कार
मेरो पहिचान
ध्रुव जस्तै अटल रहनेछ
पाखण्डहरु जे सुकै गरुन् ।

एक थरि
स्वत्व रक्षकहरु
अनर्गलको खेती लगाएर
सुसमाचार ढाँटिरहेछन्-
आफ्ना कुरा
सही ठह-याउन
अर्काको आस्था
तोड्नु पर्दैन

नयाँ ठाउँमा
बाँच्नलाई
मखुण्डो नै
धड्नु पर्दैन

एउटा यात्राको
भाडा तिर्नलाई- आत्मा बेच्नेहरु-
भिरको चिण्डो उँधो न उँभो
हुन लागेको देख्दा
टिठ लाग्छ

आफ्नोपन
सम्हाल्न नसक्नेहरु!
आफुलाई सम्हाल्न सक्दैनन्-

टुलुटुलु हेरिरहेछु

आलुहरु
सढ्दै जाँदा
दुर्गन्धको डर छ ।

2 Replies to “बिलखबन्द म!”

  1. chandra

    hi
    dom great. you are right .. नयाँ ठाउँमा
    बाँच्नलाई
    मखुण्डो नै
    धड्नु पर्दैन. i donot want to sell ….to exist. go on writing we r here to support.

Leave a Reply

Your email address will not be published. Required fields are marked *