बिहान आयो आज
देउकी ढकाल,
अम्सटरडाम
बिहान आयो आज
तिर्मिरे उज्यालो छर्दै
खुल्ला अकाश माझ
सेतो बादल भर्दै
नयाँ सन्देश बोकी
भन्छ बिहान मलाई
घुम्न जनु पर्छ छिट्टो
अनि टाढा बाटो देखाउँदै
बोलाउँछ बिहान फेरी
हतार मलाई लगाई
घाम अनि बादलसँग
मस्ती गर्ने अठोट मिलाई
बिहान आयो आज
ताजा जाँगर बोकी
बादल अनि घामसँग
भट्ने बाचा बोकी