बेइमानी प्रेम

एस पी भण्डारी
सिड्नी अस्ट्रलिया

आफ्नो भन्नु कसरी पो कुबाटामा लागेपछि
आफैं बौलाहा किन बन्नु मायाँ टाढा भएपछि ।
कस्तो मायाँ दुई दिने परालमाला’को आगोसरि
संगै जिउने बाचा कसम अर्कैसंग खाएपछि ।
मिलन र बिछोडको वास्ता छैन यिनलाई
ब्यवहारको मतलव छैन गोरो प्रेमी पाएपछि।
आज यता भोलि उता जीन्दगानी पुग्यो कता
पागल ब्यक्ति हुन जान्छ प्रेममा धोका खाएपछि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *