बेमौसमी के खेती
मोहन चापागाईं
ह्यारिस्बर्ग, अमेरिका
के फलोस् रिठ्ठो रोपेर कागती
बनाए हुन्छ पानी उमालेर के बरफ
अन्धाले उड़ाए हुन्छ रेल
धोई कालो बन्ला सफेद अचेल
के न फर्केला कुकुरलाई दिएको हड्डी पैंचो
बेमेल मनहरूको बस्तीमा तुवॉंलो
गेरू रंगभित्र काला धब्बाहरू
रत्नाकर अब वाल्मिकी बन्लान् त?
आडम्बरका रामायण घोकिरहुन्
कलियुगका श्रवणकुमारहरू
तौलिरहेकाछन् दसधारा दूधको मोल
लुछातानी ती निर्दोष बा’को सपनाहरू
बर्गेल्ति ऑंशुका भेलहरूमा
तुहिरहेकाछन् मातृवात्सल्य
पलाएको अंकुर पनि भोलि बुढो पात झर्ला
बा! डोको नफाल्नु है , मलाई पनि चाहिन्छ!!?
जे भा’नि डोके परम्परा
चोया मकाए पनि ………साटौला नि!