बेसारे बरबराइरहेथ्यो
केशव काफ्ले
पेनसिलभेनिया, अमेरिका
माथि आकाशमा उड्दा उड्दा थाकेका
चिल र बेसारे चरो
आज उत्रिएछन् सतहमा
कैयौँ दिन भएछ जिब्राले स्वाद नलिएको
रहरैले उडेछन् माथि आकाशमा
पृथिवीको रमणीय दृश्य हेर्नलाई
तर आज भन्दैछन् सतहमा आएर
रैन त्यसतो दृश्य
बेसारे भन्दै थियो “अलि कति जमिनको टुकुरा त चिलले चपाए छ
कुलागंग्री र जोमोल्लारी हिमचुली मैदान पारेछन् ”
बेसारे बरबराइरहेथ्यो एक जमात कौवालाई राखेर “तिमीहरू यही ठाँउमा बस्छौं ?
तिमीहरू कौवा नै हौ ?
खोइ हिजो बसेको सतिसालको रूख ?
खोइ बोल्ने भाषा ‘काग काग’ को आवाज ?
‘आ -आ’ भनेको सुदैछु ”
कागरू हो सकियौ तिमीहरू
तिमीहरूलाई गिद्धले खाईसके छ ।