बैसाखी

कवि

टंक उप्रेती
काठमाडौँ

लडिरह्यो लडिरह्यो
हात
आजीवन
कही लेख्नका लागि

जब
हासिल गर्यो अबसर
रोज्यो
रेडिएसन कक्षबाट
भर्खरै झिकिएको
अर्वद रोगी कलम

र
लेख्यो उसले पनि
उनै फोसिल शब्दहरु
उत्पिडन र आंशु
भने
अद्यापि सक्रिय छन्
बनाउन
बलियो वैसाखी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *