भानु कथा

कवि

श्याम खनाल (खोरिया)
पिट्सबर्ग / पेन्सिलभेनिया

हे प्यारा सब बन्धु हीत जन हो प्यारा संगी मित्र हो !
छोटो भानु कथा म पस्किन गएँ लौ सुनि दिनू पर्यो ।।१।।
आकाशैबीच भानु आदि गनिए देवादि सारा महाँ ।
नेपालीबीच भानु आदि गनिए कृती रची भूमिमा ।।२।।

मान्दै पेन्सिलभेनियातिर छ भानुको जयन्ती भनी ।
यस्तो उत्सव काजमा म पनि फेर्मौका मिल्याको छनी ।।३।।
एसै कार्यविषे सभापति र फेर्साथै अतिथी त ज्यू ।
मान्यैजन्प्रतिवर्गमा कवि कलाकारी कवयत्रिज्यू ।।४।।

सम्बोधन्कविता पढ़ी गर्दछु स्वीकार लिनोस्सुनी ।
छोटो वर्णनमात्र भानु कविको विस्तार गर्दैछु नी ।।५।।
धेरै वर्णनमा समस्त बुझने संक्षेपको जीवनी ।
रम्घा बेंसी चुँदी छ गाउँ तनहुँ जिल्लाको नेपाल नी ।।६।।

विक्रैमाब्द अठार सौ विति र एक्कहतरै साल नी ।
जन्म्याका कवि भानु रे त महिना आषाढ़ उनन्ति नी ।।७।।
श्री कृष्णै बुढ़िबा धनन्जय पिता थर्ता आचार्यै पनि ।
शिक्षा काँशी बसी लिएछन् पढ़ी श्री कृष्णबाटै पनि ।।८।।

विध्या धेर पढ़ी पुगेछन् कवि ‘रम्घा’ उ नेपालमा ।
घुम्याछन्कवि गाउँमा जसरि घुम्दछन्कोइली वन्महाँ ।।९।।
भेटै भो कविको सुधा नर कुनै गरिब घाँसी सँगै ।
सोध्याछन्कविले कति धन कमाउँछौ नि घाँसी सधैं ।।१०।।

बोल्यो घाँसी म थोरई रकमले लामो गरी पौरखः ।
कुवा एउटा पियास टार्न जलको खनाइ दिन्छु तवः ।।११।।
मेरो नाम अमर्बनी जगतमा बढ्न्या छ कीर्ती बरू ।
बाँची व्यर्थ मठान्दछु जगतमा कीर्ती शिवायै अरू ।।१२।।

हुन्घाँसी अनभिज्ञ नै तर कहाँ विद्वान झैं सोचमा ।
दुःखी जन्म गरीब भै पनि वरा परोपकारी कहाँ ।।१३।।
मै पो तुच्छ हुन्या छु मिल्छ कसरी उन्को सरी मान्यता ।
कीर्ती-नाम अमर्गराउन मलौ पर्न्या छ कर्मै गर्नु ता ।।१४।।

सोची यो मनां भन्या त कविले घाँसी तिमी धन्य छौ ।
केही दौलत छैन साथ तिमीमा मन् सागरै तुल्य छौ ।।१५।।
यो तिम्रो उपदेशले म पनि लौ गर्न्या छु केही बरू ।
कीर्ती-नाम समान छैन जनको अमृत केही अरू ।।१६।।

बातै एति गरेर फेर्कवि हिन्या गन्तव्य आफ्नो धरी ।
सोच्दै त्यो दिनमा कुरा मनविषे नौलो इरादा गरी ।।१७।।
झ्वाट्टै फेर्मनमा विचार गरदै रामायणै त्यो घरी ।
वाल्मिकी अनुवाद थालनि गरे नेपालीमा सर्सरी ।।१८।।

मीठो एति थिएन शैली अरुको पैल्हे रचेका जति ।
तेही कारण भानु आदिकविको दर्जा छ राम्रो अति ।।१९।।
अर्को एक मधुर काव्य उनको छ भक्तमाला भनी ।
भक्तीभाव मनुष्यमा छ बढ्ने मिल्न्या छ सन्तोष नी ।।२०।।

काव्यैले गरि हल्लखल्ल मचिँदा भर्पूर नेपालमा ।
सर्कारी धन बाबुले अलिकति मासे भनी नीउँमा ।।२१।।
अड्डा शाषकले धड़ी लगी कुमारी चौक थाना महाँ ।
राखियो कविलाई शासन दियो बस्थे नि थुनामहाँ ।।२२।।

थुना पर्न गए तथापि कविको चल्थ्यो कलम्हातमा ।
रामायण अनुवाद बाँकि उ बखत्ले बसी झेलमा ।।२३।।
थियो सक्न उ काण्ड राम कि कथा रामाश्वमेधै कति ।
मौका त्यो हुन गो र पूरण गर्या स्वमातृभाषा प्रति ।।२४।।

छुट्कारा कवि पाइ क्वै दिन पुग्या घुम्दै कुनै गाउँमा ।
प्यारा मित्र थिया उ पूर्वदिनका तारापति घरमहाँ ।।२५।।
गर्नु वास पर्यो वस्या कवि जहाँ सच्चा अतिथी बनी ।
त्यो घर्मा झगड़ा भयो र जनि भर्सासू-बुहारी र नी ।।२६।।

तीन्का दन्त वजानले कविकनै लागेन निद्रा रती ।
उठी रातविचै रचेर कविता दौड़्यो कलम्त्यै प्रती ।।२७।।
ताराका घरवासले त बधुको शिक्षा रचीँदो भयो ।
सारालाइ छ अर्ति ज्ञान भरिलो नीहुँ बधुको छ यो ।।२८।।

यस्ता धेर अझै रचे नि कविले कृति रसिलाहरू ।
वालावृद्ध युवा समग्र युवती मन्लाइ पढ़्छन्बरू ।।२९।।
नेपाली जगमा छ मान रसिलो श्री भानुभक्तै भनी ।
नेपाल्कै अतिरिक्त भारतभरि सिक्किम आसाम नी ।।३०।।

दार्जेलिङ मणिपूर भो कति बखत्भूटानसम्मै गरी ।
कीर्ति भानुकि औसरै पनि अमेरिका छ ऐल्है घरी ।।३१।।
छौं उनकै अनुयायी हामी अहिले बुझ्ने यथार्थ छँदा ।
गर्छु वर्णन कम्तिमात्र म यहाँ वेला त छोटो हुँदा ।।३२।।

लामो हुन्छ नि जीवनी त उनको कृती रच्याछन्बढ़ी ।
टीका टिप्पणी गर्न लाग्छ वहुतै घण्टा र वेला घड़ी ।।३३।।
काठमाडौं पुरलाई ‘नाम पगरी’ कान्तीपुरी दी कनै ।
नेपाली नयपाललाई कविले शृंगार गर्याछन्झनै ।।३४।।

उन्नाइस्सय विक्रमाब्द विति पच्चीसै शती सालमै ।
कीर्ती राखि अगण्यका र उनी गए स्वर्लोक नेपालमै ।।३५।।
नेपाली भवमा छ छाप गहिरो भाषाविषे गर्भमा ।
भुल्दैनौ उनलाई हामी मरि गै भेट्छौं बरू स्वर्गमा ।।३६।।

हे आदित्य समानका कवि हजुर्गर्छौं यहाँ वर्णन ।
आऊ वादलमा लुकी-छिपि बरू यो उत्सवै हेरन ।।३७।।
तिम्रो मृत्यु हुँदै भएन छ सरी लौ मुस्कुराऊ यहाँ ।
काहीँ शालिक बनिँदैछन् बसी विश्राम लेऊ त्यहाँ ।।३८।।

लेख्छौ कि कवि पैल्हि झैं नि कविता त्यो इन्द्रलोकैमहाँ ।
सिता, राम, विभिषणै र हनुमान्तिम्रा हुनन् साथमा ।।३९।।
हाम्रा निम्ति लहै नबिर्सि भवमा वर्दान मागी दिनू ।।
भाषा विश्वभरि फिँजाउन सकौं आशीश राम्रो दिनू ।।४०।।

जन्मैदेखि गनेर एकसय