भाषा 

राधा काफ्ले 
क्यनडा
बोल्ने, बोलाउने, बोली
लेख्ने, लेखाउने बुझी
क,ख, बाह्र खरी, मात्रा
स्वर,व्यञ्जन भाषा हुन् यिनी
सिक्नु,सिकाउनु, राखी
मनमा ज्ञान छन् जति
संस्कार, संस्कृतिमा हुन्छ
सभ्यता लुकेको कति
हजारौँ भाषा छन् यहाँ
हजारौँ पहिचान सँगै
बुझ्दैन मानव किन?
बेच्दै छ इतिहास सबै
आफ्नै भाषा सँग हुन्छ
आफ्नो पना वरिपरि
अर्काको भाषाले मात्रै
गुमाउँछ त्यो सम्पत्ति
रम्नु ,रमाउनु राम्रो
अरूको भाषामा अनि
मिठास तब पो हुन्छ
जोगाइ ती स्वयम पनि
घरमा बोल्नु भाषा
 शुद्ध, सुन्दर सब जन
हुन्छन् खुसी सबै पितृ
राख्दा आफ्नो सनातन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *