भूटान
रुपनारायण पोखरेल
सीए, अमेरिका
भीषण वर्षा पछिको चञ्चल गगन जस्तै
तलाउ बीचको कमलको थुँगो जस्तै
स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज
धर्तीको एक अनुपम सांग्रिला- भूटान।
काँधमा जुवा बोकी मेला हिँडेको हली जस्तै
पन्ध्र असारसंगै भिजेको बाउसे जस्तै
बिकासका फाँट मा लम्कन चाहँदै हो आज
बहुजाति, बहुभाषी, बहुसंस्कृति बोकेको भूटान ।
गोधुलीको त्यो धिमा रश्मि जस्तै
वसन्तका कलकल ती नवपालुवा जस्तै
कोमल कान्ति बोकी बाँचिरहेको होला आज
सहिदको रगतले भिजेको सानो महान भूटान ।
चन्द्रमाको मनमोहक कान्ति जस्तै
वन पाखामा तुनिएका नागबेली लहरा जस्तै
छहरा र पहरासंग जुहारी खेलिरहेको होला आज
श्रमजीवी भुटानीसंग रमाउन रुचाउने भूटान ।
कोइलीको सुमधुर कू-कू संगै मुस्कुराइरहेकी सन्ध्या जस्तै
माहुरीका श्रमले आर्जेको अमृतरुपी कुट जस्तै
अद्वितीय पवित्र पवनसंग हाँसिरहेको होला आज
सुनकोश र मानस बगिरहेको भूटान ।
मयूरको रंगिन प्वाँखको झक् मक् जस्तै
पुतलीले प्रसुनको मधुर रस खोजे जस्तै
आजको बद्लिँदो युगको माग गरिरहेको होला आज
वीर पुर्खाका पसिनाले सिञ्चित मनोरम भूटान ।
रुपनारायण जी ,
सयौँ खोला, सयौँ डाँडा वारि एकाइसौं शताब्दीको क्रिस्टोफर कोलम्बस भएर महायात्रामा पानीजहाजको मुस्थल समाएर हिँडेपनि भूटानको यादले साँचै छाँया बनेर पछि, पछि पछ्याउँदो रहेछ l तपाईंका कविताका हरपहरुले फेरि मलाई उही वनपाखामा पुर्यायो आज l
अलिक अगाडी हामी आर एन सरका कविता सुन्न हुरुक्क हुन्थिउ । कुनै कुनै कार्यक्रममा त सर नाउने रे भन्दा हामी जिल्ल भयेउ । नेपाली कवितामा ठूलो छाती हासिल भएपछि सर अंग्रेजी कवितामा डुब्न थाल्नु भयो । हामीलाई एउटा ठूलो सुनसान महसुस भई रह्यो । साहित्यका कार्यक्रमहरुमा सरले बारम्बार नेपाली कवितालाई बेजोड हौसला नदिनु भएको भए आज हामी येतीको मोहोड़मा हुन्थ्युन होला ।
निकै समयपछि सरको नेपाली कविता “भूटान” पदन पाए, सारै आनन्द लागेको छ । सरणार्थी सिबिरका झुप्राहरु लाई छलांग मारेर कुन्सेइलसम्म सजिलै उभिएका सरका कविताहरु जुन बिषयमा लेखिनछन् निक्कै मज्भुद हुन्छन । सरको मुहार जति गम्बिर छ कविता तेती नै भाबुक हुन्छन नै । त्येसमा पनि भूटानको रचनागर्भमा सरको कलमले मुखरित गरेका सन्दर्भहरु गहन र मार्मिक हुन्छन ।
सरको यस कवितालाई साधुबाद छ । आगामी दिनहरुमा पनि यस्तै गहन कविता पदन पाउ । यस कविताको लागि सरलाई धन्यवाद छ ।
म पनि कबित लेख्ने गर्छु कैले काही। र पद्छु पनि। म आनुभव गर्छु म कसैलाई गाली गरी रेहेको हुन्छु। आक्रोस पोखी राखेको हुन्छु। तपाईंको यो कबित पढे पछी मलाई शायद म कबिताको नाममा आरु थोक पो लेख्दै छु कि जस्तो लागेको छ। म अकर्सित छु यो कबिताको निस्चल्तामा यस्को सितलतामा। म, यो क्रोध, लोभ, मोह रहित कबितालाई प्रणाम गर्छु, जसरी साधु शान्तको सम्मान गरिन्छ।