भुली गयौ कसको गरौँ आशा ?

इन्द्र खवास
अमेरिका

प्रेममा पागल भए पछि
ओठमा कलेटी लाग्छ ,
तिम्रो त्यो गुलाबी गालामा
यो मेरो कलेटी परेको ओठले ,
तिमीलाई चुम्बन गर्न मन लाग्छ !

बाँस घारीमा कर्मी चरीले
घर बनाई झुल्ला
जुता तिम्रो रङ्गिला छ ,
अङ्गप्रत्यङ्ग खुल्ला ,
त्यसैले त प्रिये ! तिम्रो
सम्झना म देखि टाढा भाग्छ
तिम्रो त्यो गुलाबी गालामा
यो मेरो कलेटी परेको ओठले
तिमीलाई चुम्बन गर्न मन लाग्छ !

म र तिमी प्रेम गरी डुल्दा
त्यसलाई डुलाउने को होला ,
सो को लागी बोकेको हो की
किन बोकेको रित्तो झोला ?
यसै कारण त प्रिये ! मेरो
मुटुमा सुल जाकिन्छ ,
तिम्रो त्यो गुलाबी गालामा
यो मेरो कलेटी परेको ओठले
तिमीलाई चुम्बन गर्न मन लाग्छ !

भाषा,भेष, देश, सबै संस्कार
तिमीलाई देखता लुक्छ ,
मेरो यो हिमाल सरी उच्च शिर
तिम्रो व्यवहारले गर्दा झुक्छ ,
सायद तिम्रो रङ्गिला फेसनले होला
यो मनमा तरास सधैँ लाग्छ !
तिम्रो त्यो गुलाबी गालामा
यो मेरो कलेटी परेको ओठले ,
तिमीलाई चुम्बन गर्न मन लाग्छ !

जाती भुल्यौ,साथी भुल्यौ ,
भुल्यौ मातृ भाषा,
रगत पनि भुली गयौ
कसको गरौँ आशा ,
त्यसैले त प्रिये ! मेरो हाँसो
तिमी देखि टाढा भाग्छ ,
तिम्रो त्यो गुलाबी गालामा
यो मेरो कलेटी परेको ओठले ,
तिमीलाई चुम्बन गर्न मन लाग्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *