भूटानी नेपाली साहित्य र साहित्यकारहरू
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस अघिदेखि नै ९० प्रतिशतको हाराहारीमा चल्दै नआएको होइन । जब भूटान सरकारले सरकारी मुखपत्र ‘क्युन्सेल’ सन् १९६२ बाट प्रकाशनमा ल्याए पछि नेपाली साहित्यले पनि जन्मिने मौका पायो । कालेबुङको मणि प्रिन्टिङ प्रेसबाट क्युन् सेल छपाउने गरिन्थ्यो । त्यसताका कालेबुङ र दार्जीलिङका साहित्यकारहरूको साहित्यिक लेख छापिने गर्दथ्यो र पछिपछि गएर त्यो प्रभाव भूटानीहरूमा पर्न थाल्यो र नेपाली साहित्यप्रति दक्षिण भूटानी नेपाली भाषीहरूको अभिरुचि बढ्दै गएको पाइन्छ । यसरी नै भाषा, साहित्यको विकास हुने क्रममा ७० को दशकबाट अर्को त्रैमासिक पत्रिका ‘ड्रुकल्होसल’ सरकारी मुखपत्र गौरीशंकर उपाध्यायको सम्पादनमा प्रकाशित हुन थालेपछि भूटानी नेपाली साहित्य बाटिकामा विस्तारै कोशेढुङ्गो नै सावित हुन पुग्यो । त्यो पत्रिका १९ अड्ढसम्म निरन्तर रुपमा प्रकाशित भयो । नेपाली साहित्यको अभूतपूर्व विकास भएको सरकारले थाह पायो, अनि सन् १९८४ बाट ‘ड्रुकल्होसल’ पत्रिका लाई प्रतिबन्ध लगायो । त्यस ताकाका लेखकहरूले कविता, कथा, निवन्ध आदि विधामा कलम चलाएको पाइन्छ । यसरी देशको कूल जनसंख्याको ४५ प्रतिशत नेपाली भाषीहरूको भाषामाथि नै सरकारले ठाडो आक्रमण गर्ने योजना बनायो र सन् १९८७ मा दक्षिण भूटानका सम्पूर्ण विद्यालयहरूमा पढाउ“दै गरेको नेपाली भाषाका पुस्तकहरू निर्दयितापूर्वक डढाई दियो । अनि लेख्य एवं कथ्य दुवै भाषामाथि कडा प्रतिबन्ध लगायो ।
सन् १९८० सम्म भूटानमा नेपाली साहित्यको विकास हुने क्रममा देवीभक्त लामिटारेको राजनीतिक लेख “दन्किदो भूटान” (१९७०) “कुम्भपर्व, हिमाचल दर्शन” र नारायणप्रसाद लुइटेलको धार्मिक साहित्य “शिवालय माहत्मे”(१९७७) मा प्रकाशित भएको पाइन्छ । विशुद्ध साहित्यिक कृतिहरु भने प्रकाशित हुन सकेको देखिदैन ।स्रोत साधनको अभाव र सरकारी प्रतिबन्धका लगायत साहित्यको अध्ययन गर्ने अनुकूल वातावरण कै अभावले पुस्तकका रुपमा भूटानी नेपाली साहित्य फस्टाउन नसक्नु हो भन्ने ठहर सबैले गरेका छन् । सन् १९८० को दशक सुरु भए पछि भने विशुद्ध साहित्यमा कलम चलाउने गौरीशंकर उपाध्यायले भारतको बनारसबाट (शंकर महाकाव्य र हिमाल कविता संग्रह ) लिएर देखा पर्ने पहिलो व्यक्ति मानिन्छन् ।
त्यसरी नै भूटानी मूलका नेपाली साहित्यकाहरूको सूचि पल्टाएर साहित्यिक कृतिहरु गन्न्ुा पर्दा त्यो १०÷१२ वर्षको अवधिभित्र निम्न संख्यामा साहित्यिक कृतिहरु प्रकाशित भएका पाइन्छन् । यस्तो धिमागतिमा विकास हु“दै पुस्तकका रुपमा देखा परेका साहित्यिक कृतिहरू नारायणप्रसाद लुइटेलको “शिवालय माहत्मे”(१९७७), “नारायणोपदेश” (१९८५)“ज्ञान दपर्ण” (१९८५) गौेरीशंकर उपाध्यायको “शंकर महाकाव्य” (१९८५) “हिमाल कविता संग्रह” (१९८५) देवीभक्त लामिटारेको “दन्किदो भूटान” (१९७०) “कुम्भपर्व, हिमाचल दर्शन” रहेका छन् भने डा.हरिप्रसाद अधिकारीको “सामाजिक चिन्तन” (१९८७) र “सांसारिक चिन्तन” रहेका छन् घनश्याम रेग्मीको “कल्पत्रयी” (१९८८), गंगाराम लामिटारेको नेतृत्वमा नेपाली साहित्य परिषद् भूटान, गठन भएपछि यता फेरि भूटानी नेपाली साहित्यले अर्को छलाङ वा खुड्किलो उक्लिन पुग्यो । प्रवासमा लेखिएका साहित्यिक कृतिहरुः डिल्लीराम शर्मा आचार्यको “भूटानी आन्दोलनको विवरण” (कवितासंग्रह) (१९९६) “जन्मभूमि” कवितासंग्रह (१९९७), “चट्याङ्” गीति खण्डकाव्य (२००१), “मातृभूमि” महाकाव्य (२००१), सरिता खण्डकाव्य(२००४), राधा महाकाव्य(२००४), वसन्त महाकाव्य (२००४), परिवर्तनका मोडहरू कथा संग्रह (२००४), “कस्ता छन् कविताहरू” कवितासंग्रह (२००४), “आचार्य वंशावली” (२००५), “शरणार्थी समस्याबाट दक्षिण एसिय नै प्रभावित बन्दैछ” लेख (२००७), “देश खोसिए पछिका दिनहरू” उपन्यास (२००७), “घरेलु हिंसा” (२००७), “कुमारी” महाकाव्य र “चोैरासी व्यञ्जन” गजलसंग्रह प्रकाशित भएका छन् । लक्ष्मी निरोैला “सयपत्रीको थुँगो”, वेदनिधि सुवेदीको “सूधा विन्दू” (१९८४), इन्द्र खवासको “ऐतिहासिक भूटान” (१९९६), “आमाको गुनासो, औसींको जून” । पशुपति तिम्सिनाको “पशुपति कवितासंग्रह” (१९९९), तुम्वेहाङ लिम्बूको “भग्नपखार्लको सयपत्री” (कवितासंग्रह १९९८), डी. बी. खत्रीको “सत्यनुशरण” (१९९६), जगन्नाथ मिश्रको “रावण गीता” (खण्डकाव्य) (१९९८), घनश्याम रेग्मीको “छचल्का” कवितासंग्रह, डम्बर खरेल, नारद खरेल र डम्बर अवस्थीको संयुक्त “त्रिवेणी” (कवितासंग्रह २०००), विप्लव आचार्यको “अखण्डरा“को” कवितासंग्रह (२००१), नैनासिंह सारु मगर र याम थुलुङ(राई)को संयुक्त “दोभान” (कविता संग्रह) (२००१), विजय राईको “ऐनाभित्र” (उपन्यास) (२००१), गोपाल लेप्चा “जिन्दगी” (उपन्यास) (२००२), बलराम पौढ्यालको “भूटान फर्केर हेर्दा (१९९५), “भूटान हिजो र आज” (२००१), गंगाराम लामिटारेको “गौरीशंकर अधिकारीको जीवनी र कविवरको व्यक्तित्व शोधपत्र”, पत्रकारिता सम्बन्धी लेख भाग १ र भाग २ । भोलानाथ सापकोटा चिराङको “भूटानी नेपाली पत्रपत्रिकाको खोज एवं अध्यायन” (शोध पत्र) (२००१), “सुनिता” खव्डकाव्य र “भावना” कविता संग्रह प्रकाशित भएका छन् । बोधराज ढुंगेलको “डिल्लीराम शर्मा आचार्य व्यक्तित्व एवं कृतित्व” शोध पत्र (२००५), डा. खेमप्रसाद नेपालको “गौरीशंकर अधिकारी व्यतिmत्व एवं कृतित्व” शोधपत्र (२००५) प्रकाशित छन् भने टीकाराम सांपाङ, लीला लिब्बू र मनिराम (मदन)को संयुक्त कवितासंग्रह “पहिलो पाइला” (२००२) मा प्रकाशित भएको छ । याम थुलुङको आ“सुका थोपाहरू गजल (२०६०), “अरक्षित यात्रा” गजल (२०६२), शिवलाल दाहाल “आकाश गंगामा तरंगिएको पानी जहाज” कविता संग्रह, ममता राई (मोक्तान) “वेदना” गजल (२०६२), लीला लिम्बु, मनिराज (मदन) र शिविलाल दाहालले पुनः प्रकाशन गरेका छन् ।
गीताप्रसाद घिमिरे चिराङको “आशीर्वाद” खण्डकाव्य (२००४), लक्ष्मीनारायण ढकाल “भूमिपुत्र” कवितासंग्रह(२००४), मनिराम (मदन) “फुटेका सत्य कथा” कथासंग्रह (२०६१), केशव आचार्यको “बेदनाका छालहरू” गजल (२००६), राजु सुब्बा “छालहरू” गजल (२०६२), कृष्णदास भण्डारी (काइलो)को “चौसठ्ठीचोक” गजल (२०६१), राजु सुब्बा, लीलबहादुर राई र नाराणय रिजालको संयुक्त कवितासंग्रह “रत्न” (२०५९) प्रतिमान शिवाको “डोवहरू” कविता संग्रह, टिकादक्त धितालको “आमाको माया” कवितासंग्रह (२००७, “आ“सु” कथासंग्रह २००७), प्रकाशित छन् । टेकनाथ रिजालको “निर्वासन इतिहास” २००४, कमलापति सुवेदीको “भूटान आजको परिप्रेक्षमा” (२००५) लेख प्रकाशित छ । नारद तिमसिनाको “नाति” कथासंग्रह, “नाति” कवितासंग्रह (छन्दमा), “नाति” कवितासंग्रह (गद्यमा) र “नाति” निबन्धसंग्रह प्रकाशोन्मुख छन् । यस पछि पनि फाटफुट रुपमा साहित्यिक पुस्तकहरु प्रकाशित भएको सुन्नमा आए पनि कस्को भन्ने एकीन हुन सकेको छैन ।
यसका अतिरिक्त पत्र—पत्रिकाका रुपमा देखापरेका साहित्यिक रचनाहरु पनि ठूलो संख्यामा निस्कन सकेका छैनन् । सन् १९७१—७२मा हरिप्रसाद अधिकारीको सम्पादनमा बनारसबाट प्रकाशित “अमर भूटान” एक अङ्क (१९७१)मा पिपल्स फोरम फर ≈युमनराइट्स्ले “अमर भूटान” एस.सुब्बा र हरि अधिकारीको सम्पादनमा कोक्राझारबाट “भूटानी आवाज” (१९९१), सन् १९९४ मा बी.एन्. डी.पी.ले तेस्रो “अमर भूटान” एक अङ्क प्रकाशित ग¥यो । सन् १९९०मा डा. हरि अधिकारीको सम्पादनमा बनारसबाट “मुक्ति” पत्रिका छापियो । ने.भा.प.भू.द्वारा “भूटान परिचय” सन् (१९९८) मा प्रकाशित भयो भने सन् १९९१ मा बलराम पौढ्यालको सम्पादनमा “भूटानी आवाज” प्रकाशित भयो । सन् १९९० मा एस्.यू.बी ले “भूटानफोकस्” नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित ग¥यो । सन् १९९३ देखि भीम सुब्बाको सम्पादनमा “भूटान रिभ्यू” मासिक समाचार नेपाली अंग्रजी दुवै भाषामा प्रकाशित भयो । सन् १९९२मा भागवत निरौलाको सम्पादनमा “भूटानी नव सन्देश” वार्षिक पत्रिका प्रकाशित भयो भने दोस्रो दामोदर भण्डारी, तेस्रो र चोथो आर.के.ढकाल पाँचौं अङ्क केशवस्वरुप, छैटौं यदुराम भण्डारीका सम्पादनमा बनारसबाट प्रकाशित भएका छन् ।
सन् १९९६ मा एस.एन. काºलेको सम्पादनमा वृन्दावनबाट “भूटानी दीपक” पहिलो र दोस्रो अङ्क प्रकाशित भयो । सन् १९९८मा डा. हरिप्रसाद अधिकारीको सम्पादनमा बनारसबाट “सनातन सन्देश ” एक अङ्क प्रकाशित भएको छ । सन् १९९८मा आर.डब्लू.एफ. मार्फत मेनुका नेपालको सम्पादनमा “भूटानी नारी मुक्ति सन्देश” प्रकाशित भयो । सन् १९९७ मा “स्वर्ण दीपक” सन् १९९५बाट ने.भा.प.भू.को “भूटानी कोपिला” गंगाराम लामिटारे, कपिलमनि दाहालको सम्पादनमा वार्षिक पत्रिका प्रकाशित भऐका छन् । १ नवेम्बर २००० देखि “भूटान जागरण” पाक्षिकरुपमा कपिलमुनि दाहाल र विष्णुलाल लुइटेलको सम्पादनमा प्रकाशित भए ।
भ्ूाटानी नेपाली साहित्य परिषद्ले सातैवटा शरणार्थी शिविरहरूमा भाषा प्रभाकरदेखि साहित्यालंकार सम्मका परीक्षार्थीहरूलाई कक्षासञ्चालन कार्य निःशूल्करुपमा गराउ“दै आएको हो । भूटानी समाजमा यो परिषद्ले कवि, साहित्यकार, कलाकार, संङ्गीतकार र समाजसेवीलाई जन्माउन सफल भएको नै मान्नु पर्छ । तर यी प्रतिभाहरूले शरणार्थी जस्तो कहाली लाग्दो अवस्थामा विभिन्न अभाव र कठिनाइको सामना गरेर भए पनि भूटानी निरंकुशतालाई ढाल्न सतप्रतिशत भूटानी आन्दोलनमा टेवा र सेवा पु¥याउ“दै आएका छन् भन्ने कुरा कसैका अगाडि लुकेको छैन । भूटानी राजनीतिज्ञहरूले चलाउ“दै ल्याएका शाव्दिक आन्दोलनलाई समेत लिखित भाषामा रुपान्तरित गराएर आन्दोलनको दरो जग बसाउने यी सर्जक एवं स्रष्ठाहरूप्रति कसैको ध्यानाकर्षण आजसम्म हुन नसक्नु राष्ट्रकै निम्ति दुर्भाग्य ठान्नु पर्दछ । यी स्रष्ठा एवं सर्जकहरूलाई न त भूटानी समूदायले नै चिन्ने प्रयास गरेका छन् न त नेपाली सञ्चारमाध्यमहरूले नै या नेपाल सरकारले अथवा नेपाली साहित्यकारहरुले नै । यस विधास“ग सम्बन्धित संघसंस्था वा व्यक्तिहरूले देश अस्तित्व एवं नागरिक्ता नै विहीन भए पछि मानिसको हेपिनु बाहेक अर्को कुनै विकल्प छैन भन्ने कुरालाई उदाङ्गो बनाइदिएको छन् । यो १० वर्षको साहित्य एवं कला साधनाको छोटो अवधिमा चारदर्जन बढी पुस्तकहरु शरणार्थी प्रतिभाहरूले नेपाली साहित्य बाटिकालाई समर्पण गरिसकेका छन् भने दुईसयको हाराहारीमा प्रकाशोन्मुख कृतिहरू ओझेलमा नै पर्नु पर्ने बाध्यता छ । त्यस्तै एकदर्जन जति गीति एल्वमहरू शरणार्थी गायक गायिकाहरूले नेपाली सांगीतिक जगतलाई समर्पण गरिसकेका भए पनि यिनीहरूले स्थान पाउन सकेका छैनन् । यी साहित्यकाहरूले साहित्यिक आन्दोलन तीव्ररुपले बढाउँदै शरणर्थी विद्यालयहरूमा नेपाली भाषा पढाउने शिक्षक शिक्षिकाको आपूर्तिगर्नं समेत सफल भएका छन् । भूटानी नेपाली साहित्यकारहरुले आस्थाको केन्द्रविन्दु मानेको नेपाली साहित्यकार एवं भाषा साहित्य सम्बन्धित संघ संस्थाहरुका नजरमा भूटानी नेपाली प्रतिभाहरु पर्न नसक्नु ठूलै दुर्भाग्य ठान्नु पर्दछ ।
राष्ट्रले तिरस्कार र अपहेलना गरी देश विहीन बनाएको यो अवस्थामा भाषा, साहित्य, कला संङ्गीत एवं संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न जोश र जा“गर लिई अघि बडेका यी नवप्रतिभाहरूलाई अहिले हौसला र प्रेरणाको अति नै खा“चो खड्किएको छ । भूटानी आन्दोलनका नाममा दातृ संघसस्थाले कडोरांै धनराशी खर्च गर्दा बालुवामा पानी खन्याए बराबर सावित भएको भूटानी आन्दोलनको प्रारुप फेर्न अब कलमी आन्दोलनलाई यी भूटानी संघसगठन र दातृसंस्थाहरूले कद्धर गर्नु पर्छ । यी प्रतिभा वा सर्जकहरूले जति परिश्रम र मेहनत गर्दै आएका छन् त्यो नै समग्र देश तथा समाजको उन्नति हो भन्नेसम्म पनि हाम्रा समाजका प्रबुद्धवर्ग भनाउ“दाहरूले सोच्न सकेको देखिदैन । अझ यी स्रष्ठाहरुलाई विभिन्न आक्षेप एवं अवरोधहरू सिर्जना गर्ने र निरुत्साहित पार्ने अवाञ्छित क्रियाकलापहरू हु“दै आएका छन् । सर्जकहरू कसैका पेवा र गुलामदार भएर बा“च्न रुचाउ“दैनन् । कला, साहित्य र संगीत स्वतन्त्र हुन्छ । स्रष्ठाले जो बोलेको हुन्छ उसले त्यही देखे भोगेको हुन्छ ।
त्यसैले त साहित्य समाजको दर्पण हो भन्ने गरिन्छ । मानिसभित्र पनि असल मानिस हुन्छन् । असलभित्र पनि असल साहित्यकार हुन्छन् । यी असल मानिसलाई असल साहित्यकारका रुपमा पु¥याउने र चिन्हाउने पूर्ण दायित्व राज्यको हुन्छ । जो जो जुनजुन राष्ट्रमा बसेका भए पनि समग्र भूटानी साहित्यको विकाश र सम्बद्र्धनधमा सबैले हात बढाउने हो भने अब हामी अर्काको खुट्टामा उभिएर आपूmलाई चिन्हाउनु पर्छ जस्तो मलाई लाग्दैन । हामीले हाम्रो छुट्टै पहिचान र अस्तित्व बनाएर भूटानी साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यसंग हाराहारीमा प-याउन सक्तछौं ।
भूटानी नेपाली भाषा र साहित्य बारे अतिनै महत्वपूर्ण लेख! लेखकलाई धेरै धेरै धन्यवाद! 🙏🏻