भूटान सरकार – तिमी धन्य छौ
सुदर्शन पोखरेल
डेन्मार्क
भूटान सरकार तिमी कति धन्य छौ,
सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ,
तर होइन तिमीले आफ्नो घर बिगार्यौ,
छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ,
जनता खेदाइ खुसी मन्त्रालय जन्मायौ ।
तर तिमीले उपकार नि गरेका छौ,
किनकि
प्रवासमा मैँले राम्ररी पढ्न पाएँ भन्दा नि
मेरी हजुर्मा, ठुलोमा, आमा वा सनिमाले जस्तो
मेरी दिदी बैनीले जस्तै धेरै छोरीहरुले विद्यालय देख्न पाए,
सयाद त्यो अवसर मेरो लागि खुसी,
आनन्दको क्षण हो मेरो लागि,
तेसैले तिम्रा हजार अवगुण भए नि
यो गुन लगायौ
तेसैले तिमी धन्यका पात्रमा बिराज्मान गराए
मैँले
तिमी धन्य छौ भूटान सरकार ।
तिमीले नखेदाएको भए मात्र हलि
संसार मेरो तेती सीमित
तर
तिमीले गर्दा विश्व देख्न पाए
तिमीले मेरो उपकार गर्यौ
त्यसैले तिमी मेरो लागि
धन्य छौ ।