भोक

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका

बाबु ढोका खोलेर भित्र पस्नासाथ
एक बच्ची बाबुको हात समाउँदै
रुन्चे स्वरमा भन्छिन्-
“धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो”?
निधारको पसिना पुछ्न नपाउँदै
बाबुले एउटा मैलो थैलीबाट
सुकिसकेको एउटा पाउरोटी निकाल्छन्।
“मात्रै एउटा पाउरोटी बाबा”?
बच्चीले दुखी नजरले सोधिन्!
बाबुले आफ्ना आँखा पिडाले थोरै निहुराए
बच्चीले मुस्कुराउँदै छिट्टै पाउरोटी खाइसकिन्
बाबु पनि चपाइरहेका थिए
छोरीको खुसी अनुहार हेरी आफ्नू भोक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *