भोलि र हिजो

शेखर कोइराला
पेन्सिल्भिन्या, अमेरिका

असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् |
त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् ||

रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा |
मिनिस्किर्टमा बियर पिउँछन्, न्वारान, बर्थ्डे जाँदा ||

अल्पियो त्यो घागर चोली, दसगजाको दौरा |
आसन मुनि पाइन्ट लाउँछन्, हेर न त्यहाँ बेहोरा ||

सत्यनारायण पूजामा नि, राख्या हुन्थ्यो भान्से |
त्यस्तै  पारा हो भने त, नाङ्गै हिँड्छन् मान्छे ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *