मदिराको प्यालाभित्र (IN A GLASS OF WINE)

प्रतिमान सिवा
ओहायो, अमेरिका

अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak)

म सोच्दै छु
प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा
व्यर्थै खोजिरहेछु तिमीलाई
तिमी हराएका छौ
केवल हाम्रो तस्बिरमात्र यो पर्खालमा
अझै झुण्डिरहेको छ

यहाँ तिमी अझै मलाई हेरिरहेका छौ
त्यसरी नै
ती खुसीका क्षणहरू
कैद गरिएको थियो त्यो फ्रेममा
अति नै अशुभ लाग्छ यो कोठा
आज यो गोधुलीमा

तिमी गयौ र लग्यौ
मैनबत्तीको शिखा तिमीसँगै
चकनाचुर पार्‍यौ मेरा सपनाहरू धुलोमा
र ती बताससँगै उडिगए
अहिले, मदिराको यो प्यालाभित्र
म कोसिस गर्दछु – जीवनको अर्थ खोज्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *