मनको अदालत

कवि
कवि

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका 

मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा।
सुनुवाइ कहिले हुने होला मनको अदालतमा।।

उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा।
बचाबट कसरी गर्नेहोला मनको अदालतमा।।

वकालत गर्दै छन् रे मायाका शत्रुरूपी वकिलहरू।
सल्लाह कस्तो पाउने होलिन मनको अदालतमा।।

सबुत कसरी प्रस्तुत गर्लीन मनको अदालतमा।
तारेखमा कति कुद्नु पर्नेहो मनको अदालतमा।।

मायाको डोरी कसरी कसिएछ खै मन देखि मन।
मुद्दा कसरी केलाउने होला मनको अदालतमा।।

फैसला कस्तो गर्नेहोला खै मनको अदालतमा।
दोषी निर्दोषी कस्लाई बनाउँछ मनको अदालतमा।।

अमर मायाको इतिहास रचिन्छ की मेटिन्छ यहाँ।
जर्साहिबाको नतिजा कुर्नु छ मनको अदालतमा।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *