मानव भुमरी
यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका
आज हेर फूल कोपिला भएर बढ्दैछ।
छैन थाहा मानिसमा ज्ञान कता बढ्दैछ।।
यै बाटो शान्तिको युद्धको पनि यही भयो।
मान्छे पोस्ने प्रेम वृक्ष आज किन मर्दैछ?
इमान छ अनसनमा, त्याग कृत्रिम भयो।
दुष्ट अहङ्कार पाप आज भाषण गर्दैछ ।।
टुट्नु नै छ त्यो पहाड भित्र भित्रै गलेर।
खोक्रो प्रथा त्यो मेटिने शंखघोष गर्दैछ।।
फूल सुकेर बागमा काँडाको रूप लियो।
हाम्रो मन अझै किन त्यो पर्खाल चढ्दैछ ?