मानिसले
इन्द्र प्रकाश खवास
आयु रेखा मर्नेकाल,छेकेन नि मानिसले
लिन आयो यमराज,देखेन नि मानिसले !
आफै मपाई चारैतिर,कुरा गर्दै हिँडो
पाप पुण्य के होला नि,लेखेन नि मानिसले !
कुरा गर्यो पुण्य धर्म ,अनि सँस्कृतिको
लोभी आँखा पापी मुखलाई छेकेननि मानिसले !
खोज्दै हिँडो गिर्जा,गुम्बा,मन्दिर,मस्जिद
आत्मा केहो परमात्मा,भेटेन नि मानिसले !
बस्ने माटो हिँड्ने बाटो,खोजी रह्यो सँधै
स्वर्ग जाने गोरेटो यो,देखेन नि मानिसले !I