मायालु

कवि

जलन भण्डारी
एडिलेड, अस्ट्रेलिया

मेरी एकमात्र मायालु,
संसारमा एक लक्ष्य लिएकी,
मेरी मायालु हुन् उनी,
विस्वकी एक मात्र !
मेरी गहना हौ तिमी,
मेरो निम्ति फुलेकी,
उदाहारण फुल हौं तिमी,
मेरो आँखामा लुकेकी !
छात्तीभरि दर्द बोकेर,
मुटुभरि पीर छोपेर,
आँखाभरि आँसु लिएर,
मेरोसामु मुस्काई दिन्छौ !
विश्वकी मुस्कान हौं तिमी,
हरपल आनन्द दिने,
जीवनका उज्वल प्रकाशलाई,
परेलीमा राखी मुस्काउने !
धर्तिकी फुल हौं तिमी,
जीवनकी शिक्षा हौ तिमी,
मेरो निम्ति मोति हौ तिमी,
उज्यालो किरण हौ तिमी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *