मित्रको सम्झना
गोमा आचार्य
सिड्नी, अष्ट्रेलिया
साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ,
कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं |
जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी,
बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी |
एक-अर्काको दु:खसुखमा रुने हाँस्ने गर्थ्यौं,
चाहिएमा मरिमेट्ने वचन हामी दिन्थ्यौं |
कुरा गर्थ्यौं ठूला ठूला लिई लक्ष्य भविष्यको
भन्थ्यौं हामी ठूलो भएपछि गरौँ निर्माण आफ्नु देशको |
हो मेरी संगिनी, मलाई सबै याद छ
ती स्वदेशी दाजुभाइ र दिडीबहिनीहरु,
कहाँ भुल्न सक्छु र म त्यो देशको स्वच्छ हावा र ती अल्गा हिमालहरु |
दु:ख लाग्छ सम्झिँदा त्यो क्षण जब मैँले छाडी आउनु पर्यो,
तर क गर्नु, समयको आगाडी झुक्ने पर्यो |
संयोग र वियोग संसारको रीत सोचौँला,
वियोग भयो त के भो, संयोगको आशा गरौँला |
आतिथिको सपनालाई पुरा गर्ने यात्रा गरौँला,
उसै गरी जिन्दगिलाई हाँसीखुसी बिताउँला |||