“मृत्युको, मलामी दुश्मन”
शेखर कोइराला
पेन्सिल्भिन्या, अमेरिका
निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ
आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ
जिन्दगीले कोल्टे फेर्यो, एकाग्रता अँगालेर
ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।।
अजम्बरी फुल्ने जीवन, बुड्यैलीले ढाली दिन्छ
भूमण्डलका तारा हेर्छु, भुमरीले टाली दिन्छ
चट्टान मुटु बिच्छाएर, पिडा सबै ज्युँने गर्छु
गगनचुम्बी बर्सातको, दुशमनीले उठाई दिन्छ।।
हाँसो,रोदन आलस्यको, बर्बादीले भुलाइ दिन्छ
संसारलाई हाँक्ने मुटु, आँसुले नै झुलाई दिन्छ
यो मायाले खै के गर्छ,सुनपानी खाँदा पनि
एक्लै ज्युँने सङ्घर्षको, दुश्मनीले उठाई दिन्छ।।
बाटो एउटै जिन्दगीको,दोबाटोले छुटाई दिन्छ
अजम्बरी बाँच्ने आशा, निराशाले टुटाई दिन्छ
अन्तिम पटक मर्छु भनी, चितामा नै आराम गरेँ
लामो लहर मलामीको, दुश्मनीले उठाई दिन्छ।।